सशस्त्र प्रहरी धनौजीद्धारा पटाखा नष्ट
प्रहरी नीरिक्षक बस्नेतको कमाण्डमा गएको ४ जनाको मोटरसाईकल गस्ती टोलिले पुर्वमा इटर्वा ,पश्चिममा भडरिया,उतर्मा धनौजी र दशिनमा दशगजा ईलाका रहेको यति चार किल्ला भित्र भारतबाट अबैध रुपमा टाउकोमा बोकि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य ३६ हजार बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।

२०७८ कार्तिक ११ बिहीबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजीस्थितबाट सशस्त्र प्रहरीले ३६ हजार मूल्य बराबरको पटाखा बरामद गरी नष्ट गरेको छ ।
बुधबार अपरान्ह करिब ४ः३० बजेको समयमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ तरहीस्थित सिआ ईलाकामा बिओपी ठाढीझिझा धनौजीबाट सशस्त्र प्रहरी नीरिक्षक रवि बस्नेतको कमाण्डमा खटि गएको टोलीले पटाखा बरामद गरेको थियो ।
प्रहरी नीरिक्षक बस्नेतको कमाण्डमा गएको ४ जनाको मोटरसाईकल गस्ती टोलिले पुर्वमा इटर्वा ,पश्चिममा भडरिया,उतर्मा धनौजी र दशिनमा दशगजा ईलाका रहेको यति चार किल्ला भित्र भारतबाट अबैध रुपमा टाउकोमा बोकि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य ३६ हजार बराबरको पटाकाहरु बरामद गरि नष्ट गरेको हो ।
बरामद गरिएको पटाखा बिओपी ल्याई स्थानीय जनप्रतिनिधि ,नेपाल प्रहरी भडरिया ,र प्रहरी निरीक्षक रवि बस्नेतको उपस्तिथिमा शनिबार खाल्डो खनि पानी राखी नष्ट गरिएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…