सिरहामा एकाबिहानै मृत भेटिए पुरुष
बुधबार साँझ घरबाट निस्केको यादव विहिबार बिहानै सडक छेउमा मृत अवस्थामा फेला परेको हो ।
२०७८ कार्तिक ११ बिहीबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एकाबिहानै एक पुरुष मृत भेटिएका छन् ।
सिरहा जिल्लाको चोहर्बा–सिरहा सडकखण्डन अन्तर्गत नरहा गाउँपालिकाको वडा नम्बर २ बलुवास्थित एक पुरुषमृत भेटिएको हो ।
गएराती नै सवारी दुर्घटनामा परी ज्यान गएपछि मृतकलाई घिसारेर सडकको छेउमा राखिदिएको प्रहरीले जनाएको छ । कुनै सवारीले ठक्कर दिएको र मृत्यू भएपछि घिसारेर सडक छेउमा राखिदिएको हुन सक्ने अनुमान गरिएको छ ।
पानबारी चोकदेखि बलुवाको बीचमा विहिबार विहान करिब ७ बजेको समयमा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । प्रहरीले त्यहाँ घेराबन्दी गरी मुचुल्का उठाउने कार्य गरिरहेको छ ।
ईलाका प्रहरी कार्यालय विष्णुपुरको प्रहरी टोली अहिले घटनास्थल पुगेर अनुसन्धान थालेको हो । अन्दाजी ७० बर्षिय वृद्धलाई सवारीले ठक्कर दिएर घटनास्थलमै मृत्यू भएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर २ राजपुर कौवहा बस्ने अन्दाजी बर्ष ७० को किशुन यादव रहेको प्रहरीले जनाएको छ । उनको सनाखत उनका नाती सुलेन्द्र यादवले गरेका छन् ।
बुधबार साँझ घरबाट निस्केको यादव विहिबार बिहानै सडक छेउमा मृत अवस्थामा फेला परेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आनन्द कनिष्क
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…