एमाले,राप्रपा,कांग्रेस र जनमत पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश
नव प्रवेशीहरुलाई नेता यादव र शिक्षा बिज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव , धनुषा जिल्ला पार्टी सचिब दीपक यादव, प्रदेश कमिटी सदस्य झलकु यादब, श्याम यादबले सँयुक्त रुपमा माला अबिर लगाएर स्वागत गरे ।

२०७८ कार्तिक ११ बिहीबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाममा आयोजित नेकपा माओवादी केन्द्रको पार्टी प्रवेश कार्यक्रममा सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवम् धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य मातृक प्रसाद यादवले नव प्रवेशीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका छन् ।
नेपाली काँग्रेस, एमाले, राप्रपा र जनमत पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र धनुषाधामको आयोजनामा वडा नम्बर १, २, ३ र ४ बाट सयौ कार्यकर्ता एमाले ,राप्रपा ,कांग्रेस , जसपा र सीके रातको पार्टी परित्याग गरि इन्दल मुखियाको नेतृत्वमा माओवादी केन्द्रमा प्रवेश गरेको हो ।
नव प्रवेशीहरुलाई नेता यादव र शिक्षा बिज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव , धनुषा जिल्ला पार्टी सचिब दीपक यादव, प्रदेश कमिटी सदस्य झलकु यादब, श्याम यादबले सँयुक्त रुपमा माला अबिर लगाएर स्वागत गरे ।
उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष परिक्षण यादब र संचालन उदय यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…