तरुण दल धनुषाले विरामीलाई कपडा वितरण गरि मनायो ६८ औं वार्षिकोत्सव
जनकपुरधाम–७ स्थित जमिरिया देवि कुष्ठरोगी आश्रममा रहेका ४६ जनालाई कपडा वितरण गरिएको हो ।

२०७८ कार्तिक १० बुधबार, दिउँसो ४:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल तरुण दल धनुषाले आफ्नो ६८ औं वार्षिकोत्सब कुष्ठरोगीहरुलाई कपडा वितरण गरी मनाइएको छ ।
जनकपुरधाम–७ स्थित जमिरिया देवि कुष्ठरोगी आश्रममा रहेका ४६ जनालाई कपडा वितरण गरिएको हो ।
“दिपावली तथा छठ पर्वमा सबैलाई नयाँ लुगा लगाउने रहर हुन्छ तर सबैको त्यो रहर पूरा हुँदैन त्यसले यसपालिको वार्षिकोत्सबमा हामी कुष्ठ रोगी आश्रममै कपडा वितरण गरि वार्षिकोत्सब मनाइएको हो ।” तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले बताए ।
उनले भने “अहिले पनि हाम्रो समाजमा यस्तो मान्छेहरू छन् । जसलाई दसैं तिहारमा पनि राम्रो खाने र नयाँ लगाउने इच्छा पुरा हुँदैन त्यस्तै ब्यक्तिहरुलाई मध्यनजर गरी हामी ६८ औं वार्षिकोत्सबमा कहिँ कतै मंच बनाएर भाषणबाजी गरेनौं सकेसम्म केहि सहयोग होस भनेर आश्रममा कपडा वितरण गरिएको हौ ।”
उक्त कार्यक्रममा कनेपाल तरुण दल धनुषाका सभापति संजयलाभ कर्ण,महिला संघ धनुषाका सभापति तुल्सा आचार्य, नेविसंघ धनुषाका सभापति सुजित झा, नेविसंघका नेता सजीव यादव लगायत तरुण र नेविसंघका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…