जनमत v/s जसपा

डा. सिके राउतको पहिचान मैले दिएको छु, उ पागल छ : पूर्व राज्यमन्त्री मण्डल

नेता मण्डलले डा. सिके राउतले मधेशका युवाहरुलाई गुमराह गर्न लागेको पनि आरोप लगाए ।

२०७८ कार्तिक ९ मंगलबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् पूर्व राज्यमन्त्री सुरेश मण्डलले डा. सिके राउतको पहिचान आफूले दिएको दाबी गरेका छन् । 

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई कोही नचिनेको बेलामा काठमान्डौँमा आफूले चिनाएको दाबी मण्डलले गरेका छन् । उनले डा. सिके राउत पागल मान्छे भएको पनि बताएका छन् । 

डा. राउतलाई कोही पनि नचिनेको बेला काठमान्डौँमा हुँदा नेताहरु आफूले परिचय पात्र गराएर पहिचान दिएको उनले दाबी गरेका छन् । 

उनले जनमत पार्टी टेबलेटिया पार्टी रहेको आरोप लगाए । उनको भन्दा आफ्नो पार्टीको एउटै नगरपालिकामा अधिक युवाहरु तयार हुने उनले बताएका छन् । सिरहामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता मण्डलले डा. सिके राउतको पार्टी टेबलेटिया युवाहरुको जमात रहेको बताएका छन् । 

उनले भने–“डा. सिके राउतको जति युवाहरु एक जिल्लाबाट आउँछ, त्यो भन्दा बढी त जसपाको एक नगरपालिकामै मेरो युवाहरु छन् । जति बेला चाहियो देखाउन सक्छु । समय आए देखाउन सक्छु ।”

नेता मण्डलले डा. सिके राउतले मधेशका युवाहरुलाई गुमराह गर्न लागेको पनि आरोप लगाए । अधिकारको लागि निर्वाचन हुँदा कोठली बाहरको राजनीति गरेको आरोप लगाउँदै केपी ओलीको डरले सम्झौता गरेको आरोप पनि लगाए । 

पूर्व तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जसपामा गएका नेता मण्डलले सिके रेशम चौधरीलाई जन्मकैद हुँदा केपी ओलीले सिके राउतलाई धम्काउँदा हरेष खाएर सम्झौता गरेको आरोप लगाए । उनले केपी ओलीले जन्मकैद जेलमा कोचिदिने धम्की दिएपछि ओलीसँग सम्झौता गरेको आरोप लगाए । 

मधेशी जनताको अधिकारको लागि निर्वाचन हुँदा, संविधानमा मधेशीको अधिकार लेखाउनको लागि निर्वाचन हुँदा कोठली बाहरको नारा लगाएर मधेशी दलको विरुद्धमा उभेको आरोप लगाउँदै मधेशी दल सरकारबाट बाहर हुँदा कोठली भित्रको राजनीति गरेको आरोप लगाए । 

उनले डा. सिके राउत मात्र मधेशवादी दलको विरोध गर्नको लागि परिचालित गरिएको आरोप लगाए । डा. राउत मधेशी पार्टीको विरोधमा सँचालित मात्र भएको आरोप लगाए । 

  • 1%
  • 90%
  • 1%
  • 1%
  • 1%
  • 3%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ कार्तिक ९ मंगलबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus