सिरहाका यी वडाध्यक्ष लागुऔषध सहित पक्राउ
जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।

२०७८ कार्तिक ९ मंगलबार, बिहान ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित एक स्थानीय तहका वडाध्यक्ष नै लागु औषध सहित पक्राउ परेका छन् ।
सिरहाको सिरहा नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् ।
भारतबाट फर्किदै गर्दा माडर नाकामा चेकजांच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद गरेको हो ।
नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडाध्यक्ष यादव पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले पुष्टि गरे ।
सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔ’षध बरामद भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।
यसका साथै, सोमबार नै साँझ करिब ६ बजेको समयमा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १८ ईटारी स्थितमा पनि एक जनालाई पक्राउ गरिएको हो ।
वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको प्रहरी टोलीले स. ४ प. ७६०८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा अर्नामा गाँउ पालिका वडा नम्बर ३ बस्ने बर्ष २३ को पप्पु दासको साथ बाट अबैध लागू औषध बरादम भएको हो ।
दासको साथबाट फेनारागन ईन्जेक्सन –१०० पिस, डाईजेपाम ईन्जेक्सन–१०० पिस र नोर्फीन ईन्जेक्सन १०० पिस सहित मानिस पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…