सिरहाः यादव असोज महिनाको उत्कृष्ट प्रहरी घोषित

२०७८ कार्तिक ६ शनिबार
रति ९:०१ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहाको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी सहायक नीरिक्षक चन्दन कुमार यादव असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको छ । 

विभागीय मुल्य मान्यता आदेश निर्देशनको पालना गरि व्यवसायिक लगनशील र कर्तव्यनिष्ठ तवरले आफ्नो कर्तव्य निभाएको भन्दै ईलाका प्रहरी कार्यालय लहानले उनलाई असोज महिनाको लागि उत्कृष्ट प्रहरी घोषित गरेको हो । 

उनले पथमा तल्लीन रही उच मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गरि अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै उत्कृष्ट प्रहरीको सम्मान दिएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सो सम्मान दिएको हो । ईलाका प्रहरीको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले सम्मान दिएको हो । 

साथै, जघन्य प्रकृतिका अपराधलाई तथा फरार रहेका प्रतिवादीहरु चोरी पैठारी लगायत विभिन्न अपराधीक घटनामा सङ्गलगन व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कार्वाहीको दयारामा ल्याउन महत्त्वपूर्ण भुमिका खेलेका यादव उत्कृष्ट भएका हुन।

आम नागरिकको सुरक्षा अनुभुती हुने गरि नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशसनिय कार्य गरेकोले ईलाका प्रहरी कार्यलय लहान सिरहा दरबन्दी भई कार्यरत प्रहरी सहायक निरीक्षक यादवलाई उत्कृष्ट कार्यको मुल्यांकन गर्दै २०७८ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषण गरि प्रमाणपत्र सहित घोषणा गरेका छन।

  • 91%
  • 0%
  • 0%
  • 1%
  • 0%
  • 0%

तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?

  • २०७८ कार्तिक ६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका

पूरा पढ्नुहोस्

Bureau Menus