वडाध्यक्ष गोहितमानको सँयोजकत्वमा माओवादी केन्द्रको २९ सदस्यीय वडा कमिटि 

२०७८ कार्तिक ६ शनिबार
दिउसो २:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नम्बर ४ स्थित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको वडा कमिटी गठन गरिएको छ । 

वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष विनोद गोहितमानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरिएको वडाध्यक्ष गोहितमानले जानकारी दिए । 

शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर २ का प्रदेश सचिव एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) को विशेष आतिथ्यमा सम्पन्न वडास्तरीय बैठकबाट सो वडा समिति गठन गरिएको हो । 

शुक्रबा भएको वडा अधिवेशनबाट वडाध्यक्ष गोहितमानलाई अध्यक्षको जिम्मेवारी तोकिएको हो । नगर सँयोजक दुखि मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न वडा अधिवेशनबाट चयन गरिएका वडा कमिटिहरुले शुक्रबार नै पदभार ग्रहण गरेका हुन् । 

अधिवेशनमा जयराम मण्डल, सँजीव मण्डल, राम सिरिसठ सहनी, श्याम यादवको विशेष उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कमला नगरपालिकामा बिना कार्यादेशको कुनै पनि विज्ञापनको भुक्तानी दिने छैनौँ : अधिकृत सढान 

  • २०७८ कार्तिक ६ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढानले अब पूर्व स्वीकृति वा विना कार्यादेशको कुनै पनि भुक्तानी नदिने निर्णय गरेका छन् ।  विभिन्न समयमा

पूरा पढ्नुहोस्

Bureau Menus