किसानलाई तत्काल राहत देउ सरकार : नेता यादव
धानबालीलाई पानीले बढी असर पारेको बताउँदै यसप्रति तीनै तहको सरकार गंभिर हुनुपर्ने उनले थपे । आकाशे पानीको भरमा धान खेती गर्दै आएको किसानलाई बेमौसमी वर्षाले बाली भित्र्याउने बेला क्षति पुर्याएको हो ।

२०७८ कार्तिक ३ बुधबार, दिउँसो ४:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका सदस्य शेषनारायण यादवले किसानहरुलाई राहत उपलब्ध गरानुपर्ने माग गरेका छन् ।
धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको भन्दै नेता यादवले सम्बन्धित निकायले तत्काल राहतको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारसँग माग गरेका हुन् ।
नेता यादवले लगातारको वर्षाले धानबालीमा ठूलो क्षति पु¥याएको बताए । धान काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।
धानबालीलाई पानीले बढी असर पारेको बताउँदै यसप्रति तीनै तहको सरकार गंभिर हुनुपर्ने उनले थपे । आकाशे पानीको भरमा धान खेती गर्दै आएको किसानलाई बेमौसमी वर्षाले बाली भित्र्याउने बेला क्षति पुर्याएको हो ।
वर्षाले साथ दिँदा यसपाली सतप्रतिशत रोपाइँ भएकाले प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको थियो । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा क्षति पुगेको छ ।
पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि किसान निरास भएका छन् ।
हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धानसमेत उठाउन पाएको छैन् ।
नेता यादवले बाढीपहिरोमा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…