प्रदेश २ को पर्यटन प्रवद्र्धनको लागि ईतिहासकै सबभन्दा लामो गीत 'जय सियाराम'

२०७८ कार्तिक ३ बुधबार
बिहान १०:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको गीतमा ईतिहासकै सबभन्दा लामो गीत भनिएको “जय सियाराम” बोलको गीत मँगलबार जनकपुरमा सार्वजनिक गरिएको छ । 

प्रदेश नम्बर २ को पर्यटन प्रवद्र्धनका लागी एक भिडियो गीत सार्वजानिक गरिएको हो । 

उद्योग पर्यटन तथा वन मन्त्रालय प्रदेश २ को पर्यटन प्रर्बद्धनात्मक प्रचारप्रसार कार्यक्रम अन्तर्गतको सहयोगमा निशान्त अडियो भिडियो एण्ड स्पोर्ट सिस्टम (नवरस) जनकपुरले निर्माण गरेको जय सियाराम गीति एल्वम सार्वजानिक गरेको हो ।

मधेशका प्रसिद्ध संगीतकार एवम् गायक सुनील मल्लिक , प्रवेश मल्लिक र अशोक दत्तद्वारा लिखित बहुप्रतिक्षित ‘जय सियाराम’ गीती एल्बमको प्रदेश नं २ का उद्योग पर्यटन तथा वातावरण मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रामनरेश राय यादवले विमोचन गरेका हुन ।

यो गीत मैथिलीको अहिलेसम्मको इतिहासमा सबैभन्दा लामो अवधिको गीत रहेको संगीतकार सुनिल मल्लिकले जानकारी दिए । उनले भिडियोमा स्थानीय कलाकार लगायत दर्जनौले अभिनय गरेको बताए । सो धार्मिक गीत २१ मिनेट बढीको रहेको छ । 

उक्त एल्बममा सुनिल मल्लिक, पार्थ मल्लिक, नेहा प्रियदर्शनी, रामनारायण ठाकुरल, संगीता देव गायतका गायक गायिकाहरुले गीतमा आ–आफ्नो स्वर दिएका हुन ।

एल्बमको निर्देशन निशान्त मल्लिक र निहारिक मल्लिकले गरेका छन् । सुनिल मल्लिकको अध्यक्षतामा आयोजित कार्यक्रममा वन मन्त्रालयका सचिब नन्दलाल राय यादव,अधिकृत सुजित झा, लोसपाका युवा नेता कृष्णा सिंह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मंडल, मिनापका पुर्व अध्यक्ष मदन ठाकुर,गीतकार बशोक दत्त, मिनापका वरिष्ठ कलाकार रामनारायण ठाकुर, विष्णुकान्त मिश्र, राजकिशोर साह लगायतको उपस्थिति रहेको थियो ।

नवरश मिडिया प्रालिले मिथिला र मैथिलीको विकास तथा पर्यटन प्रबद्र्धनका लागि यसअघि ‘याह छि हम्मर जनकपुर, पावन धनुषाधाम, हम बियाह नहि करब, काँच बासन, वैदेशिक रोजगार सम्बन्धि दुई वटा गीत लगायतका विभिन्न एल्बमहरु निर्माण गरिसकेका छन् भने कतियौं एल्बमहरु निर्माणको क्रममा समेत रहेका छन् ।

नयाँ पुस्ताका कथित गायकहरुले मिथिला र मधेशको सँस्कृतिलाई कुचलिरहेको बेला धार्मिक र आस्थापूर्ण स्वादले भरिपूर्ण “जय सियाराम” नामक गीति एल्बमले पुरानो सँस्कृतिलाई थप झल्काएको छ । 

गीति एल्बमको भिडियोमा प्रदेश नम्बर २ को मुटु मानिने जनकपुरधाम र अन्य पर्यकीय क्षेत्रलाई एउटै मालामा गाँसेर पस्कीदा यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७८ कार्तिक ३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus