जनकपुरः मनिट्रान्सफर सञ्चालकमाथि सामुहिक कुटपिट, दश लाख लुटेको आरोप

सञ्चालक महतोले घाटीमा लगाएको आँधा तोला सुनको हनुमानजीसमेत लुटेको छ ।

२०७८ कार्तिक १ सोमबार
दिउसो ४:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक जना मनिट्रान्सफरको सञ्चालकमाथि कुटपीट भएको छ ।

 आइतबार साँझ कमला नगरपालिका ६ सखुवा मरानास्थित सुमित एण्ड आदित्य मनिट्रान्सफरको सञ्चालक गणेश महतोमाथि कुटपीट भएको हो । 

सञ्चालक महतोका अनुसार ५÷७ जनाको समुहमा आएका एक समुहले कुटपीट गर्दै लुटपाट गरेको छ । मनिट्रान्सफरमा रहेको दश लाख रुपैया त्यो समुहले लुटेको उनको अरोप छ । 

सञ्चालक महतोले घाटीमा लगाएको आँधा तोला सुनको हनुमानजीसमेत लुटेको छ । कुटपीटबाट घाईते भएका महतो प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका छन् । 

उनले जिल्ला प्रहरी कार्यालय धनुषामा कुटपीट भएको निवेदनसमेत दर्ता गराएका छन् । उनले दर्ता गराएको निवेदनमा कमला नगरपालिका ६ कै दयाराम पासमान, गंगाराम पासमान, काशेश्वर पासमान, तपेश्वर पासमान, भोला मुखिया र मुकेश पासमानले कुटपीट गरी रुपैयाँ लुटेको आरोप लगाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७८ कार्तिक १ सोमबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus