भोली धनुषाधाम आउँदै नीधि
पूर्व उप प्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका नेता नीधिलाई स्वागतको लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले सबै तयारी पुरा गरेको छ । सोको लागि काँग्रेसको कृयाशिल सदस्य , वडा कार्यसमिति , नगरकार्यसमिति , क्षेत्रीयकार्यसमिति , जिल्लाकार्यसमिति , महाधिवेशन प्रतिनिधि , महासमिति सदस्य लगायत भातृ तथा शुभेच्छु संस्थाका सम्पुर्ण पदाधिकारीलाई उपस्थितिका लागि पत्राचार गरिएको क्षेत्रीय सभापति जीतनारायण यादवले जानकारी दिए ।

२०७८ असोज ३० शनिबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेस पार्टीका उपसभापति बिमलेन्द्र नीधि भोली (आईतबार) धनुषाको धनुषाधाम आउने भएको छ ।
आइतबारका दिन दिउँसो १ वजे ठाकुर प्रसाद ढुङ्गाना प्रतिष्ठान धनुषाधाममा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ धनुषाद्वारा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागीता जनाउने भएको छ ।
पूर्व उप प्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका नेता नीधिलाई स्वागतको लागि नेपाली काँग्रेसको क्षेत्रीय समितिले सबै तयारी पुरा गरेको छ । सोको लागि काँग्रेसको कृयाशिल सदस्य , वडा कार्यसमिति , नगरकार्यसमिति , क्षेत्रीयकार्यसमिति , जिल्लाकार्यसमिति , महाधिवेशन प्रतिनिधि , महासमिति सदस्य लगायत भातृ तथा शुभेच्छु संस्थाका सम्पुर्ण पदाधिकारीलाई उपस्थितिका लागि पत्राचार गरिएको क्षेत्रीय सभापति जीतनारायण यादवले जानकारी दिए ।
नेता नीधि नेपाली काँग्रेसको दिग्गज नेता मानिन्छ । उनी नेपाली काँग्रेसको अधिवेशनमा सभापतिको लागि उम्मेदवार हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…