नुहाउन गएकी किशोरीको कोशी नदीमा डुबेर मृत्यू
शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ असोज २९ शुक्रबार, दिउँसो ४:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । कोशी नदीमा नुहाउन गएकी एक किशोरीको डुबेर मृत्यु भएको छ ।
सप्तरीको हनुमानागर कंकालिनी नगरपालिका वडा नम्बर १२ ईनरवा निवासी १८ वर्षीया प्रियंका देवको बिहीबार कोशी नदीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले डुबेको देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…