नीजि जग्गामा सडक ढलान गर्न खोजेपछि मेयर पक्ष र स्थानीयबीच झडप, आधा दर्जन घाईते
झाले अदालतको परमादेश हुँदा हुँदै आफुहरुको जग्गा मिचिन राजनीति हुनु ,ज्यान मार्ने उदेश्यले हमला हुनाले न्याय पाउनुपर्ने बताए

२०७८ असोज २६ मंगलबार, दिउँसो ४:४२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नम्बर २ को रौतहट जिल्लास्थित मेयर पक्षधर र स्थानीयबीच झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् ।
रौतहटको ईश्नाथ नगरपालिकाका मेयर सँतोष मेहताले नीजि जग्गामा जबरदस्ती रोड ढलान गर्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । ढलानको विषयमा झडप हुँदा आधि दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा र निक्की झा रहेकि छिन् भने निजि जग्गामा रोड ढलान गर्न सोही वडा निवासी निवासी सरोज झा, मनोज झा, सौरब झा,र सरोज झा समेत घाइते रहेका छन् ।
जिल्लाको ईशनाथ नगरपालीका वडा नम्बर ३ पिप्राटोलमा स्थानीय जगा धनि पक्ष र मेयर सन्तोष मेहताले निजि जग्गामा रोड ढलान गर्न पठाएको पक्ष बिच सोमबार झडप भएको थियो ।
निजि जग्गा धनि बाला सङ अदालतको परमादेश हुँदा हुँदै मेयर समुहले रोड ढलान गर्न खोजेको , जग्गा धनि पक्षलाई कुटपिट र घरमा लुट्पाट गर्न खोजेपछि झडप भएको स्थानीय प्रत्यक्षदर्शिले वताएका छन् ।
स्थानीयहरुका अनुसार जगा धनीलाई सरोज झा सहित उनका दुई ओटा छोरा, मनोज झा ,प्रेम शंकर झा, सुरेश झा, बिपिन झा , रबि शंकर झा र नगरपालिकामा कार्यरत दिलिप झाले निर्घाट कुटपिट गर्न शुरु गरेका थिए।
जग्गा धनी पक्षका सन्दिप झा,निक्की झा सहित दुबै पक्षका घाइतेको केहिलाई गम्भीर चोटपटक लागेकोले थप उचारको लागि बिरगंज रेफर गरिएको जिल्ला अस्पताल गौरले जनाएको छ।
निवेदकको निजि जग्गामा कुनै सार्वजनिक काम रोड नाला केही नबनाउनु,किलाखुटा नगाड्नु ,फ़ोहोर न फ्याक्नु सहितको आदेश गरि अदालतले परमादेश समेत जारी गरेको जग्गामा कानुन उल्लङ्घन गरि रातारात गैरकानुनी ढङ्गले उपभोक्ता समिति बनाइ मेयरले रोड ढलान गर्न स्थानीय मान्छे उस्काएर पठाएपछि सो झडप भएको स्थानीय राम बचन साहले बताएका छन् ।
अहिले सम्म नगरपालिकामा ठोस बिकास नगरेको मेयरले पिप्रा टोल मा जम्मा ३० मिटर बाटोको लागि बिबाद गराउनु दुख्द घटना रहेको साहले बताए । सबै जनता दशै मनाउन ब्यस्त छ ,यो काम छलफल गरि दशै पछि गरे हुनेथियो।
नगरको योजनामा यो बाटो निर्माण गर्न राखिएको थिएन ,रातारात संसोधन गरि आफू बिरोधि मान्छे भएको भन्दै जग्गा धनिलाई थिचोमिचो गर्दै राजनीति गोटि सेक्न अदालतको आदेश नमान्ने मेयर नै घटनाको दोसि रहेको साहले बताए ।
निजि जग्गामा रोड ढलान गर्न मेयरले पठाएको एक समुहले जबरदस्ती गर्दै निजि जग्गा ढलान गर्न खोजेको ,घरमा तोडफोड लुटपाट गर्न खोज्दा आफुहरु प्रतीकारमा उत्रिएका जग्गा धनी पक्षका घाइते रोशन झाले बताए ।
'हामी मेयरको मान्छे हौ ,अदालतको परमादेश केही मान्दैनौं ,प्रहरी प्रशासन हाम्रो मुठीमा छ ,तिम्रो जग्गामा रोड ढलान गरेर छाडछौ' - भनेर जबर्जस्ती गर्दा रोक्न खोज्दा उल्टै धारिलो हतियारले काटमार गरेको घाइते सन्जिप झाको आरोप छ।
झाले अदालतको परमादेश हुँदा हुँदै आफुहरुको जग्गा मिचिन राजनीति हुनु ,ज्यान मार्ने उदेश्यले हमला हुनाले न्याय पाउनुपर्ने बताएका छन् ।
नगरपालिकाका मेयर सन्तोष मेहताले बिकास नगरेको ,भ्रष्टाचार अनियमितता,झैझगडा र बिबाद जन्य कार्यलाई बढावा दिएको स्थानीयको आरोप छ।
आफू बिकास नगर्ने र आफ्नो प्रतिद्वन्दी र उनको नातेदारलाइ पावर र पैसाको बलमा धम्कि दिने कार्यमा उहाँको ध्याना केन्द्रित रहेको स्थानीयको आरोप छ।
यो विषयमा मेयर मेहता सङ्ग जान्न खोज्दा उहाँको फोनमा सम्पर्क हुन सकेन।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…