यातायात कार्यालय लहानको उर्दी– ट्रायल सेन्टरमा फोटो वा भिडियो खिच्न पाईदैन
ट्रायल सेन्टरमा फोटो भिडियो लिए वास्तविक पास फेल यकिन गर्न पनि सजिलो हुने भएपनि यस्तो उर्दी अनियमितताकै लागि लगाएको जनगुनासो आएको छ ।

२०७८ असोज १७ आइतबार, राति ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्ला लहानस्थित रहेको यातायात कार्यालय लहानले ट्रायल स्थलमा फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएको छ ।
यातायात कार्यालय लहानले एक सूचना जारी गर्दै प्रयोगात्मक परीक्षा (ट्रायल) स्थलमा कुनै प्रकारको फोटो वा भिडियो खिच्न नपाउने भनेर उल्लेख गरेको छ । ट्रयाल स्थलमा आफूखुसी फेल हुनेलाई पनि पास गर्ने गरी र अनियमितता लुकाउनको लागि सो उर्दी जारी गरेको हो ।
यातायात कार्यालय लहानका प्रमुख मिन बहादुर भट्टराईले ट्रायल सेन्टरमा कसैले फोटो वा भिडियो खिचेमा मोबाईल खोस्ने धम्कीपूर्ण सूचना दिएको गुनासो गरिएको छ ।
यातायात कार्यालयको मातहतमा हुने ट्रायलको समयमा अनियमितता गर्नको लागि यस्तो प्रतिबन्ध लगाएको गुनासो आम नागरिकहरुले गरेका छन् । ट्रायल सेन्टरमा फोटो भिडियो लिए वास्तविक पास फेल यकिन गर्न पनि सजिलो हुने भएपनि यस्तो उर्दी अनियमितताकै लागि लगाएको जनगुनासो आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…