आजदेखि रेबिजको उपचार पनि शहिदनगरको यदुकूहामै सुरु : मेयर बरबरिया

२०७८ असोज १२ मंगलबार
रति ८:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरपालिकाको यदुकूहामै रेबिजको उपचार सुरु गराउन सफल भएका छन् । 

केही दिन अघि मात्र प्राथमिक स्वास्थय केन्द्रमा ईमरजेन्सी सेवा सहित, भिडियो एक्सरे, ईसिजी लगायतका सेवाहरु सुरु गराउन सफल भएका मेयर बरबरियाले मँगलबार रेबिज विरुद्धको उपचार समेत सुरु गराउन सफल भएका छन् । 

विश्व रेबिज विरुद्धको दिवसको अवसर पारेर एक कार्यक्रमबीच मेयर बरबरियाले प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहामै सो उपचार सुरु गराएका छन् । कुकुरले टोकेपछि फैलिने रेबिजबाट बच्न रेबिज विरुद्धको भ्याक्सीन र उपचार अस्पतालमै हुने भएको छ । 

कुकुरले टोकेपछि हुन सक्ने रेबिज नामक प्राणघातक रोगको उपचारको लागि मेयर बरबरियाले सो सुविधा पनि प्राथमिक स्वास्थ्य केन्द्रमै सुरु गराएका हुन् । अब आसपासका पालिकाहरुको सर्वसाधारणहरुले कुकुरले टोकेपछि उपचारको लागि सहजता प्रदान हुने बताए । 

प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहामा मँगलबारदेखि नै एन्टी रेबिज भ्याक्सीनको व्यवस्था गरिएको शहिदनगर नगरपालिकाका स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादवले जानकारी दिए । 

कुकुरले टोकेपछि शरिरमा फैलिने रेबिजको खतराबाट जोगाउनको लागि एन्टी रेबिज ईन्जेक्सन दिनुपर्ने बताउँदै उनले कुकुरले टोकेपछि तीन डोज ईन्जेक्सन लगाउनुपर्ने बताए । पाखुरामा ३ वटा सुई तीन पटक लगाउनुपर्ने उनले बताए । 

यादवका अनुसार, कुकुरले टोकेपछि धामी झाँक्री कहाँ नगएर सिधा अस्पताल आउन आग्रह गरे । उनले टोकेको यथाशिघ्र समयमै उपचारको लागि अस्पताल आउनुपर्ने बताए । 

विश्व रेबिज विरुद्धको दिवसमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादव, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, लगायत स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७८ असोज १२ मंगलबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus