कतारमा ढिस्को (धस्ना) मा परी सिरहाका एक युवकको मृत्यू
घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।

२०७८ असोज ७ बिहीबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, कतार । वैदेशिक रोजगारीको क्रममा कतार गएका सिरहाका एक युवकको ढिस्को (धस्ना) मा परी मृत्यू भएको छ ।
बुधबार दिउँसो करिब १ बजेको समयमा कतारतको कम्पनी अल जाबर इन्जिनियरिङगमा कार्यरत सिरहा जिल्लाको लक्ष्मीपुर गाउँ बस्ने अन्दाजी बर्ष २१ को रोशन यादवको मृत्यू भएको हो ।
बुधबार दिउँसोको खाना खाएपछि काम गर्न गएका यादव खाल्डोमा खस्दा माथिबाट खस्को ढिस्कोले पुरिएर मृत्यू भएको बताइएको छ । लक्ष्मीपुर बस्ने रोशनको घर परिवारको बारेमा अझै खुलेको छैनन् ।
घटना भएलगत्तै कम्पनीका अधिकारीहरुले सो ठाउँमा निषेध गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…