जनकपुर यातायात कार्यालयमा सर्भर बिग्रिदाँ सेवाग्राहीलाई सास्ती
तर, यातायात कार्यालयले दिने सेवाहरुको नियन्त्रण संघमै राखिदा कार्यालयको सेवा सुधार गर्न समस्या भएको छ । सर्भर नियन्त्रण, चालक अनुमति पत्र छपाइमा संघबाट ढिलासुस्ती हुँदा यातायात कार्यालयको सेवा दिनहु प्रभावित भएको छ ।

२०७८ असोज ७ बिहीबार, बिहान ७:४२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरमा दिनभरी लाइन लागेपनि काम नहुदा सेवाग्राही समस्यामा परेका छन् ।
कार्यालयमा बुधबार बिहानै देखि घुइचो थियो । कार्यालय परिसरको भिडमा सवारी चालक अनुमति पत्रको (बायोमेट्रिक) दर्ता गर्नेहरु पनि थिए । उनीहरु घण्टौ सम्म लाइन लागे ।
काम नहुदा पटक पटक कार्यालय परिसरमा विवाद समेत भयो । सर्भरमा आएको समस्याका कारण सवारी चालक अनुमति पत्र दर्ता नहुँदा सेवाग्रही कर्मचारी बिरुद्ध खनिएका थिए ।
कार्यालय खुल्न साथ सर्भर बिग्रिएका कारण सेवाग्राहीलाई २ बजेका लागि बोलाएका थिए । घण्टौ लाइनमा लागेका सेवाग्राही कर्मचारीको आश्वसन पाएपछि २ बजे सम्म कार्यालय परिसरमै समय बिताए । तर, सरर्भ २ बजेपछि पनि नचल्दा उनीहरु कार्यालय प्रमुख विरेन्द्र साहमाथि खनिए ।
कार्यकक्षमा आएका आक्रोसित सेवाग्रहीकै अगाडीबाट कार्यालय प्रमुख साहले यातायात व्यवस्था विभागका कर्मचारीलाई पटक पटक फोन लगाए । प्रमुख साहको फोन कसैले उठाएन ।
सरर्भ बनाउने र चलाउने केन्द्रबाटै हुन्छ, आक्रोसित भिडलाई सम्झाउदै साहले भने,‘सर्भर हाम्रो नियन्त्रणमा छैन । सर्भरका कारण काम अबरुद्ध भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…