सर्पले टोक्दा एउटै परिवारको दुई जनाको मृत्यू
राति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।

२०७८ असोज ६ बुधबार, राति ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीमा विषालु सर्पले डँस्दा एक बालिका र एक बालकको ज्यान गएको छ ।
सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको सर्प दंशको कारण ज्यान गएको हो । उनिहरु एकै परिवारका दिदीभाइ हुन्।
राति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।
दुबैजनालाई अस्पतालमा उपचारको क्रम मै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…