साउथ फिल्मका अभिनेता बिजयले आफ्नै आमाबुवामाथि हालिदिए मुद्दा 

२०७८ असोज ४ सोमबार
दिउसो १:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो । तमिल अभिनेता थालापती विजयले आफ्ना पिता एसए चन्द्रशेखर र आमा शोभासहित ११ जनाविरुद्ध सिभिल केस दर्ता गराएका छन् ।

 उनले अदालतमा दर्ता गरेको मुद्दामा कसैलई पनि मानिसहरु जम्मा गर्न र कुनै पनि किसिमको बैठक गर्नको लागि विजयको नाम प्रयोग नगर्न आदेश दिन माग गरिएको छ । अब यो मुद्दामा २७ सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।

समस्या त्यतिबेला सुरु भएको थियो जब विजयका पिता एसए चन्द्रशेखरले विजय राजनीतिमा आउनुपर्ने दावी गरेका थिए । यसको लागि विजयका पिताले विजयको नामबाट पार्टी समेत दर्ता गराए । 

विजयका पिताले यो घोषणा समेत गरे कि उनका आफन्त पद्मनाभन पार्टीका अध्यक्ष र आफ्नी पत्नी शोभा कोषाध्यक्ष हुन् । विजयका पिताले आफू पार्टीको महासचिव भएको समेत घोषणा गरे ।

इण्डिया टुडेका अनुसार अहिले विजयले वक्तव्य जारी गर्दै आफूले यस्तो कुनै पनि पार्टी सुरु गर्नको लागि अनुमति नदिएको प्रस्ट पारेका छन् र ११ जनाविरुद्ध अदालतमा मुद्दा हालिदिएका छन् । 

उनले यी मानिसहरुलाई बैठक आयोजना गर्न र भीड जम्मा गर्नको लागि आफ्नो नामको प्रयोग गर्नबाट रोक्नको लागि यसरी मुद्दा हालेको बताएका छन् ।

  • 13%
  • 31%
  • 6%
  • 19%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७८ असोज ४ सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus

} }