ओरकेष्ट्रामा युवकले युवतिलाई स्टेजमै लामो चुम्मा लिएपछि...
प्रहरीलाई रोकेर भएपनि, राजनीतिक पावर लगाएर भएपनि रातभरि ओरकेष्ट्रा नचाउने गरेको देखिएको छ ।

२०७८ असोज २ शनिबार, राति ९:१२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको विभिन्न चाडपर्व तथा मेलाहरुमा अहिले साँस्कृतिक कार्यक्रमको नाममा अश्लिल ओरकेष्ट्रा नचाउने कार्य अझै रोकिएको छैनन् ।
सोही क्रममा प्रदेश नम्बर २ को विभिन्न जिल्लाहरुमा साँस्कृति कार्यक्रमको नाममा नचाइने महिला नर्तकी (ओरकेष्ट्रा) मा अश्लिल हर्कतहरु अझै रोकिएको छैनन् ।
नाचगान गर्ने क्रममा अश्लिल हर्कत, अश्लिल गीत, अश्लिल नृत्य, अश्लिल ईसारा गर्ने गरेको कारण नै विभिन्न ठाउँमा घटना हुँदै आएको समाचार सुनिन्छन् । प्रशासनले यसलाई निषेध गरिएपनि ओरकेष्ट्रा रोकिएको छैनन् ।
यसै क्रममा अहिले समाजिक सँजाल टिकटकमा एक भिडियो निकै भाइरल बनेको छ । टिकटकमा प्रकाशित गरिएको एक भिडियोमा स्टेजमै नृत्य गर्ने युवतिलाई सोही सँगै नृत्य गर्ने युवकले लामो चुम्बन गरेको देखिन्छन् ।
त्यस्तो हर्कत सार्वजनिक स्थलमा गरेपछि कानुनी कारवाही हुने व्यवस्था छ । तराई मधेशमा झन यस्तो अश्लिल हर्कत अस्वभाविक मानिन्छन् । तर ओरकेष्ट्राको नाममा नृत्यको लागि भारतबाट बोलाइने युवा युवतिहरुले यहाँको सँस्कृति उपर मात्र प्रहार गर्दैनन लज्जास्पद नृत्य गर्दा पनि यही समाज हेर्न बाध्य भएका छन् ।
भारतबाट आउने ओरकेष्ट्रामा केही हदसम्म अश्लिलता निर्मूल भएपनि हालका टिकटकरहरुले त झनै गन्हाएको हेर्न सकिन्छ । महोत्तरीको रामगोपालपुरका युवकले राखेको एक भिडियोमा युवतिलाई चुम्बन गरेको भिडियो झण्डै १० लाख जनाले हेरेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…