सिरहाः बैँकको ATM मेसिन फुटाउने यादव पक्राउ
यादवलाई अहिले इलाका प्रहरी कार्यालयमै राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

२०७८ भदौ ३१ बिहीबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थितबाट एक बैँकको एटिएम मेसिन फुटाउने युवकलाई पक्राउ गरेको छ ।
सिरहा जिल्लाको लहानस्थित रहेको एनआईसी एसिया बैँकको शाखामा रहेको एटिएम मेसिन फुटाएको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ भेटहा टोल बस्ने मुनेश्वर यादवको छोरा बर्ष २७ को मागैन कुमार यादवलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक नीरिक्षक (असई) चन्दन कुमार यादवको कमाण्डमा खटि गएको सादा पोशाख (सिभिल ड्रेस) को प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उक्त बैँकको एटिएम मेसिन फुटाउने यादवलाई पक्राउ गरेको हो ।
यादवलाई सिरहाको लहान गनरपालिका वडा नम्बर २३ गढियाँस्थितबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर पूर्व दक्षिण पर्ने उक्त एटिएम मेसिन फुटाएको गोप्य सूचना प्रहरीले पाएको थियो ।
यादवलाई अहिले इलाका प्रहरी कार्यालयमै राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…