सिरहाः बैँकको ATM मेसिन फुटाउने यादव पक्राउ 

यादवलाई अहिले इलाका प्रहरी कार्यालयमै राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

२०७८ भदौ ३१ बिहीबार
बिहान १०:४१ बजे

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थितबाट एक बैँकको एटिएम मेसिन फुटाउने युवकलाई पक्राउ गरेको छ । 

सिरहा जिल्लाको लहानस्थित रहेको एनआईसी एसिया बैँकको शाखामा रहेको एटिएम मेसिन फुटाएको आरोपमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ भेटहा टोल बस्ने मुनेश्वर यादवको छोरा बर्ष २७ को मागैन कुमार यादवलाई पक्राउ गरिएको हो । 

ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक नीरिक्षक (असई) चन्दन कुमार यादवको कमाण्डमा खटि गएको सादा पोशाख (सिभिल ड्रेस) को प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उक्त बैँकको एटिएम मेसिन फुटाउने यादवलाई पक्राउ गरेको हो । 

यादवलाई सिरहाको लहान गनरपालिका वडा नम्बर २३ गढियाँस्थितबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालयबाट अन्दाजी ७ किलोमिटर पूर्व दक्षिण पर्ने उक्त एटिएम मेसिन फुटाएको गोप्य सूचना प्रहरीले पाएको थियो । 

यादवलाई अहिले इलाका प्रहरी कार्यालयमै राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 

  • 0%
  • 20%
  • 20%
  • 0%
  • 0%
  • 20%

राज्यमन्त्री यादवलाई डा. राउतको करारा जवाफ 

  • २०७८ भदौ ३१ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भूमि सुधार तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले करारा जवाफ दिएका छन् ।  देशको राजधानी काठमान्डौँमा उखुँ किसानहरुले

पूरा पढ्नुहोस्

Bureau Menus