जनकपुरमा ३५ तोला सुन र चांदी सहित दुई पक्राउ
घनश्याम मिश्र || जनकपुरधाम, ३ चैत्त । अवैद्य सुनचाँदी सहित जनकपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज शनिबार दिउँसो २ बजे जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको को १ च ७११८ नम्बरको इंडिका कारमा सुराकीको आधारमा चेक गर्दा अवैध सुन र चाँदी बरामद भएको ट्राफिक प्रहरी चेकपोष्ट मुजेलिया श्रोत ले जानकारी

२०७४ चैत ३ शनिबार, राति ८:०४ बजे१ मिनेट पढाइ

घनश्याम मिश्र ||
जनकपुरधाम, ३ चैत्त ।
अवैद्य सुनचाँदी सहित जनकपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आज शनिबार दिउँसो २ बजे जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको को १ च ७११८ नम्बरको इंडिका कारमा सुराकीको आधारमा चेक गर्दा अवैध सुन र चाँदी बरामद भएको ट्राफिक प्रहरी चेकपोष्ट मुजेलिया श्रोत ले जानकारी दिएको हो ।

पक्राउ परेका दुइ मध्ये एक जनकपुरधाम वार्ड १० वर्ष ४५ का राजकुमार साह र अर्का भारत घर भई हाल काठमाण्डौँ नयाँ बाजार बस्दै गरेका वर्ष ३४ का हवींद्र सिंह रहेको जिल्ला ट्राफ़िक कार्यालय धनुषा ले जानकारी दिएको हो ।
उनीहरुको साथ बाट शिद्धार्थ र एस वी आई बैंक को चेक बुक २ थान, मोबाइल ३ थान र राज ज्वेलर्स को चलान बिल समेत रहेको र त्यसमा चांदी १०१० ग्राम विवरण उल्लेख रहेको थियो ।

नगद जम्मा २० हजार रुपैया पनि उनीहरूको साथवाट प्राप्त भएको हो ।
चेक जांच गर्दा अबैध रुपमा गाड़ी को पछाडि डिक्की मा सुन को पोको लुकायेर राखेको अवस्थामा फेलापरेको मुजेलिया ट्राफ़िक प्रहरीले स्पष्ट पारे ।
प्रहरीका अनुसार, महिलाहरु ले लगाउने सुनको नाक, कान, घांटीको सामग्री रहेको छ, जसमा ३५ तोला सुन र १ हजार १ सय ५७ ग्राम चाँदी रहेको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा ती दुबै ब्यक्तिलाई लगाएर गाड़ी ट्राफ़िक प्रहरी ले आफ्नै निगरानी मा राखेको छ ।
सुन, चांदी र गाड़ी सहित विस्तृत सनुसन्धान भईरहेको जिल्ला ट्राफ़िक कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…