काँग्रेसी पत्रकारहरु एमाले समाजवादी (माधव) पार्टीमा प्रवेश
पत्रकार एवं सञ्चार उद्यमी रुपेश सिंहको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।

२०७८ भदौ २८ सोमबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनका केही पदाधिकारी र सदस्यहरु माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
आईतबार प्रेस युनियनका पूर्व धनुषा जिल्ला अध्यक्ष प्रविण साहको नेतृत्वमा एक समुह समाजवादी प्रेस संगठनमा प्रवेश गरेको छ । समाजवादी प्रेस सँगठन माधव नेपाल पार्टी निकट सँगठन हो ।
साहको नेतृत्वमा युनियनका वर्तमान धनुषा उपाध्यक्ष अकुल साह, पत्रकारहरु ललन साह, भोला यादव, दिनेश साह लगायतका पत्रकारहरु संगठनमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश २ इन्चार्ज धर्मनाथ साहले स्वागत गरेका छन् भने संगठनका प्रदेश २ इन्चार्ज प्रकाश खतिवडाले सपथ ग्रहण गराएका छन् ।
पत्रकार एवं सञ्चार उद्यमी रुपेश सिंहको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा दिलिप दास, ललन कुमार साह र स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सहसचिवमा भोला यादव र कोषाध्यक्षमा दिनेश साह रहेका छन् ।
समाजवादी प्रेस संगठनको जिल्ला भेलामा प्रदेश २ का इन्चार्ज धर्मनाथ साहले समाजवाद र समृद्धिको यात्रामा आफनो कलम प्रभावकारी रुपमा चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रिय सदस्य यदुवंश झाले केपी ओलीको हठी स्वभावका कारण माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भएको बताए ।
उनले पार्टीलाई एकता वद्ध बनाउनका लागि अनेकन प्रयास गरिएपनि केपी ओलीले आफनो हिटलर शैलीलाई त्याग नगरेपछि वाध्य भएर अलग भएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…