जनकपुरः कार लुटेर भाग्ने मामा भान्जा पक्राउ
त्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो ।

२०७८ भदौ २८ सोमबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चालकको टाउकोमा रड प्रहार गरी कार लुटने दुई जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाण्डुबाट भाडा गरी सर्लाही ल्याएर गाडी लुट्ने मामा भान्जालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धनुषाको धनुषाधामबाट सुनसरीको भोक्राहा ५ का २७ वर्षीय मुरुदिन मियाँ र नबिव आलम पक्राउ परेका हुन् । उनीहरु नातामा मामा भान्जा पर्छन् । काठमाण्डुबाट घर पुग्ने भन्दै बा. २ ज. ३९४० नम्बरको सुजुकी कार भाडा गरेका थिए ।
भाडा १२ हजारमा तय भएको थियो । तर सर्लाहीको जंगलमा आइतवार विहान आइसकेपछि चालकको टाउकोमा रडले हानेर बेहोस् बनाए, अनी गाडी लिएर भागे । बेहोस् भएपनि चालक तत्कालै प्रहरीलाई खबर गरे ।
त्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो ।
त्यसपछि इ–रिक्सा चढेर उनीहरु खोजे । तर प्रहरीको विशेष टोलीले दुबैजनालाई पक्राउ गर्न सफल भएको छ । धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले पक्राउ परेका दुबै जनामाथि कारवाही अगाडी बढाएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…