राजदेवी पूजाको लागि समितिहरु चयन, ठेहा सँयोजकमा साह
समितिको विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।

२०७८ भदौ २७ आइतबार, बेलुकी ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । जनकपुरधामको प्रसिद्ध एवम् प्राचीन मिथिलाका राजा जनककी कुल देवी राजदेवी पूजनको लागि विभिन्न समितिहरु बनाईएको छ ।
जनकपुरको प्रसिद्ध राजदेवी पूजा एवं विजया दशमीका लागि महाविर यूवा कमिटीको ५३ औं साधारण सभाबाट विभिन्न समितिहरु चयन गरिएको छ ।
हरेक वर्ष जनकपुरमा भव्यताका साथ कमिटीले दशैं मेलाको आयोजना गर्छ । दशैंमा यहाँ हजारौँ बोकाकाृ बली चढाइन्छ । यसवर्ष ठेहा संयोजको जिम्मेवारी आशुतोष साह ‘छोटु’लाई सुम्पिएको छ ।
गतवर्ष पनि कोरोनाको कारण बोकाबली नहुने भनिएपनि अन्ततः बोकाबली भएको थियो । यसपाली अन्य बर्षभन्दा फरक प्रकारले व्यवस्थापन हुने जनाइएको छ ।
बैठकबाट मुल पुजा संयोजकमा दिपक यादब, सुरक्षा समिती संयोजकमा धिरज बिक्रम साह, रमाइलो मेला संयोजकमा बिजय यादब, भजन सन्ध्या संयोजकमा बलराम साह, भब्य श्रृङ्गार संयोजकमा नितेश ययसबाल, खोइच भराइ संयोजकमा शम्भु साह, प्रशाद संयोजकमा सुनिल मिश्रा, रावन बध संयोजकमा रन्जन जयसवाल चयन भएका छन् ।
समितिको विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…