धनुषाबाट 'रघुविर' र महोत्तरीबाट 'गिरिराजमणि' मन्त्री , साढे ५ बजे सपथ
नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सारिएको छ ।

२०७४ चैत २ शुक्रबार, दिउँसो ४:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २ चैत्त । एमाले र माओवादी केन्द्रले आज विस्तार गर्न लागेको मन्त्री मण्डलमा धनुषाबाट एमालेका रघुविर महासेठ मन्त्रीको सुचीमा परेका छन् ।
नयाँ मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सारिएको छ ।
एमाले र माओवादी केन्द्रले तय गरिसकेका मन्त्रीहरुको सपथ साँझ साढे ५ बजेका लागि सरेको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
यसअघि अपरान्ह ४ बजे नयाँ मन्त्रीलाई सपथ खुवाउने कार्यक्रम थियो । प्रतिनिधि सभाका उपसभामखुको निर्वाचन लम्बिएपछि सपथ पनि सरेको हो ।
त्यसैरी आजको मन्त्रिमण्डल विस्तारका क्रममा संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास जारी राखेकाले सपथ समय पछि सरेको हो ।
ओली सरकारको मन्त्री हुने सूचीमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट, रवीन्द्र अधिकारी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, जगत बिश्वकर्मा र गोकुल बाँस्कोटा रहेका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट बर्षामान पुन, शक्ति बस्नेत, चक्रपाणी खनाल ९बलदेव०, गिरिराजमणि पोखरेल र वीना मगर मन्त्री बन्ने भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…