कोकाकोलाको 'खेल्ने होइन त ?' अभियान
न्यूज ब्यूरो || जनकपुरधाम, २ चैत्त । चिसो पेय पदार्थमा विश्वको उत्कृष्ट स्थानमा रहेको कोकाकोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ? ’ राखेको छ । उक्त कार्यक्रम अन्र्तगत आज बिहीवारको दिन जनकपुरको पिडारी चोक, जिरो माईल, जनक चोक, क

२०७४ चैत २ शुक्रबार, बिहान ११:५२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जनकपुरधाम, २ चैत्त ।
चिसो पेय पदार्थमा विश्वको उत्कृष्ट स्थानमा रहेको कोकाकोला नेपालले विश्वकप फुटबलको अबसर पारेर नयाँ अभियान सुरु गरेको छ । कम्पनीले यस अभियानको नामाङकरण ‘खेल्ने होइन त ?’ राखेको छ ।
उक्त कार्यक्रम अन्र्तगत आज बिहीवारको दिन जनकपुरको पिडारी चोक, जिरो माईल, जनक चोक, कदम चोक र रामानन्द चोकमा खेल्ने होइन त रु भन्ने कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बिभिन्न ठाउँबाट आएका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उनिहरुले यस कार्यक्रममा सहभागि भएर निकै रमाइलो गरेको अनुभब सुनाउनु भयो ।
साथै, बिजेता टिमले बिभिन्न आर्कषक कोकाकोलाको लागो अंकित विषेश उपहार जित्नु भएको थियो ।
‘खेल्ने होइन त ?’ भन्ने अभियान मुख्यत २ अर्थमा सार्थक बनाइएको छ । जसमा मानिसहरुलाई फुटवल खेल्न आह्रवान गर्ने र “कोक खाम् रसिया जाम्” भन्ने क्याम्पेनको बारेमा जानकारी दिनु हो ।
विश्वकप नजिकिएसँगै हरेक चोक चोकमा युवाहरु फुटवलको गफमा रमाउन थालेका छन् । केही समय अगाडी कोकाकोलाले सार्वजनिक गरेको ‘कोक खाम् रसिया जाम्’ क्याम्पेन अन्र्तगतकै एउटा हिस्साको रुपमा कम्पनीले यो अभियान संचालन गरिरहेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…