गृहमन्त्री खाँणले गरे कमला नदीको नीरिक्षण, समस्या समाधानको लागि निर्देशन
मेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।

२०७८ भदौ १९ शनिबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । केन्द्र सरकारका गृहमन्त्री बालकृष्ण खाणले कमला नदीको नीरिक्षण गरेका छन् । शनिबार धनुषा र सिरहा जोडने कमला नदीको बाँध नीरिक्षण गरेका छन् ।
बाढीका कारण क्षतिग्रस्त ठाउँ, बाँध तथा आम नागरिकको सुविधाको लागि स्थानीय सरकार सहित कमला सिँचाई आयोजनाका कर्मचारीलाई समस्या समाधानको लागि निर्देशन दिएका छन् ।
धनुषाको सबैला नगरपालिकाका नगर प्रमुख विजय शँकर प्रसाद साहले गृहमन्त्री खाणलाई सबैला नगरपालिका वडा नम्बर १३ स्थित केही दिन अघि भत्काइएको कमला बाँधको बारेमा जानकारी गराएका थिए । सो क्रममा मेयर साहले अनाधिकृत उत्खननको कारण यस्तो हुन गएको बताउँदै यसको लागि ठोस नीतिको माग गरे ।
सबैला सहित अन्य ठाउँमा भत्केको कमला नदीको छर्की (बाँध) मर्मतको कार्य यथाशिघ्र सँचालन गर्न सरोकारबालाहरुलाई गृहमन्त्री खाणले निर्देशन दिएका थिए । उनले कमला नदीले मच्चाउने वितण्डा, समस्या र उपायको बारेमा पनि केही बेर सरोकारबालाहरुसँग छलफल गरेका थिए ।
मेयर साहले गृहमन्त्री खाँणलाई ब्रिफिँग गर्दै कमला तटबन्धको दीर्घकालिन योजना र योजना यथाशिघ्र कार्यन्वयको माग गरे । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुख सहित नगर प्रमुखहरुको पनि सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…