पूर्व राजपाबाट निर्वाचित मेयर मण्डल ठाकुर पक्षमा, रोजे लोसपा
यसअघि महन्थ ठाकुरको पक्षमा देखिएका मेयर मण्डल उमा शँकर अरगरियासँग अधिक नजिकी मानिएका थिए । तर, जनप्रतिनीधि किनबेचको समयमा मेयर मण्डलले उपेन्द्र गुट रोजेका छन् ।

२०७८ भदौ १९ शनिबार, दिउँसो २:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह जनता समाजवादी पार्टीमा उपेन्द्र यादवको पक्षमा सनाखत गर्दा धनुषाको हँसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन् ।
पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएर जनप्रतिनीधि भएका हँसपुर नगरपालिकाका मेयर मण्डलले ठाकुरको खेमा रोजेका छन् । अहिले धनुषा जिल्लास्थित निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्ने जनप्रतिनीधिहरुको भीड छ ।
विगतमा पूर्व राजपाबाट नै निर्वाचित भएका मण्डलले उत्पीडनमा परेका जनताको पक्षमा वकालत गर्नको लागि महन्थ ठाकुरको पक्षमा गएको बताएका छन् ।
यसअघि उपेन्द्र यादवको खेमामा गएको खवर समाजिक सँजालहरु आएपनि उनले आफू विधिवत र अधिकारिक रुपमा ठाकुरको पक्षमा सनाखत गरेको बताएका छन् । उनी पूर्वमन्त्री एवम् लोसपाका नेता उमा शँकर अरगरियाको नजिकी मानिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…