प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक कुटिए (भिडियो सहित)
उनले कुटपिट गरिएको व्यक्तिको नाम पनि खुलाउन चाहेनन् ।

२०७८ भदौ १७ बिहीबार, दिउँसो ३:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको प्रादेशिक अस्पतालका एक चिकित्सक कुटिएका छन् । उनलाई विहिबार दिउँसो ३ः२२ बजे एक समूहले निर्घाट कुटपिट गरेको हो ।
प्रादेशिक अस्पतालको टिकट काउण्टरस्थित नाम नखुलेको चिकित्सकलाई बाहिरबाट आएको केही व्यक्तिहरुले उनलाई निर्घात कुटपिट गरेको बताइएको छ । कुटपिटबाट उनी घाईते भएका छन् ।
जानकारी अनुसार, बाहिरको कुनै समस्याको कारण उनलाई बाहिरबाट आएर कुटिपिट गरेको हो । इमरजेन्सीको अगाडी टिकट काउण्टरस्थित ल्याएर कुटपिट गरेको हो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवका अनुसार, कुटपिट गरिएको व्यक्ति प्रादेशिक अस्पतालकै कर्मचारी रहेको छ । उनले कुटपिट गरिएको व्यक्ति एच.ए. रहेको सुन्नमा आएको बताउँदै बाहिरी प्रकरणमा कुटपिट गरिएको बताए ।
यता, प्रादेशिक अस्पतालभित्र रहेको प्रहरीले कुटपिट भएको तथा कुटपिट गरिएको व्यक्ति अस्पतालको स्टाफ नभएर विरामीको कुरुवा रहेको बताएका छन् । उनले कुटपिट गरिएको व्यक्तिको नाम पनि खुलाउन चाहेनन् ।
कुटपिटबाट प्रादेशिक अस्पतालका ती कर्मचारीको अनुहारमा गम्भिर चोट लागेको हो । नाक, ओठ, दाँतमा चोट लाग्नुका साथै अनुहार भरि घाउ लागेको हो । उनलाई कुटनको लागि ४÷५ जनाको समूह बाहिरबाट आएको बताइएको छ ।
कुटपिट गर्नेहरुले उनले अस्पतालभित्रै रक्सी खाएको कारण कुटपिट गरेको बताएका छन् । अस्पतालमा रक्सी खाएर डयुटी गरेको भन्दै कुटपिट गरिएको भन्दै थियो । यसका साथै, केही जनाले अस्पतालमा इन्टर्नको लागि गएकी नर्सलाई जिस्काएको आरोपमा कुटपिट गरिएको पनि प्रतिक्रिया दिए ।
यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले यसलाई अझै पुष्टि गरेको छैनन् । उनले कुटिपटको कुनै यस्तो घटनाको रिपोर्टिँग नभएको जानकारी दिएको छ । उनलाई किन र कसले कुटटिप गरिएको बारे खुल्न बाँकी छ ।
अस्पतालको चारैतर्फ सिसिटिभी क्यामेरा जडान र चालु अवस्था रहेकोले के भएको भनेर बुझन् सकिने विश्वास लिएको छ । कुटपिटकर्ताहरुले उनलाई कुटेर बाहिर निस्केका थिए भने सुरक्षा खटेका सुरक्षा गार्डहरुले भने मुकदर्शक बनेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…