धनुषाको मुडिबामा रक्तदान, १९ जनाले दिए रगत
युवा अभियन्ता कैयुम राइनले जिल्लाको विभिन्न गाउँस्तरमा समिति गठन गर्ने कार्यक्रम गर्ने समेत रहेको बताउँदै गाउँस्तरबाट रक्त जम्मा गर्ने बताए । सो कार्यक्रममा सलामत राईन सहित गाउँकै १९ जनाले रक्त दिएका हुन् ।

२०७८ भदौ १२ शनिबार, राति १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर ५ मुडिबा टोलस्थित रक्तदान कार्यक्रम गरिएको छ ।
महामारी नियन्त्रण व्यवस्थापन केन्द्रको आयोजनामा शनिबार मुडिबामा रक्तदान कार्यक्रम गरिएको हो । सो गाउँमा पहिलोपटक रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।
सो रक्तदान कार्यक्रममा गाउँका १९ जना युवाहरुले रक्तदान गरेका हुन् । गाउँस्तरमा अहिले शरिरबाट रक्त निकाल्नु हुँदैन भन्ने मानसिकताका कारण रक्तदाताहरुको सँख्या न्यून थियो । तर, शिक्षित युवाहरुले भने रक्तदानको लागि तयार भए ।
कोरोनाकालमा रगतको अभाव भएको बेला गाउँस्तरमा गएर रक्तदान कार्यक्रम गर्ने गरिएको छ । कोरोना महामारी व्यवस्थापन केन्द्र तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा १९ जनाले रक्तदान गरेका हुन् ।
युवा अभियन्ता कैयुम राइनले जिल्लाको विभिन्न गाउँस्तरमा समिति गठन गर्ने कार्यक्रम गर्ने समेत रहेको बताउँदै गाउँस्तरबाट रक्त जम्मा गर्ने बताए । सो कार्यक्रममा सलामत राईन सहित गाउँकै १९ जनाले रक्त दिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…