जनकपुरः ५ बर्ष पहिले नै श्रीमानको मृत्यू भइसकेकी महिलाले बच्चा जन्माएपछि...
जसको कारण युवति उमेरमै पनि श्रीमान गुमाएकी महिलाले विधवाको जीवन व्यतित गर्न बाध्य हुन्छन् ।
२०७८ भदौ ११ शुक्रबार, बिहान ८:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ५ बर्ष अघि नै श्रीमानको मृत्यू भइसकेकी महिलाले बच्चा जन्माएपछि गाउँमा अहिले खैलाबैला मच्चिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ को उतिमपुर टोल बस्ने एक महिलाले बच्चा जन्माएपछि गाउँमा खैलाबैला मच्चिएको छ । जानकारी अनुसार, महिलाको श्रीमानको मृत्यु ५ बर्ष पुर्व नै भैसकेको छ ।
श्रीमानको मृत्यूपछि विगत ५ बर्षदेखि माइतीमै बस्दै आएकी महिलाले अचानक बच्चा जन्माएपछि गाउँमा खैलाबैला मच्चिएको हो । अन्दाजी बर्ष २५ की सो महिलाले बच्चालाई जनकपुरको एक अस्पतालमा जन्म दिएकी थिइन् ।
गत दौ ७ गते अचानक पेट दुख्न थाले पछि उपचारको लागि नजिकै रहेको धनुषाधामको एक निजि अस्पतालमा लगेका थिए।अस्पताल लगेपछि उनको पेट्मा बच्चा रहेको डाक्टरले ठहर गरेका थिए ।
धनुषाधाममा उपचार सम्भव नभए पछि थप उपचारका लागि सदालाई जनकपुरको थापा चौक स्थित रहेको समर अस्पताल तथा रिसर्च सेन्टरमा लगेका थिए ।
अस्पताल पुगेकि सदाले भदौ ८ गतेका दिन बच्चालाई जन्म दिएको थिए । बच्चाको जन्म राम्रै संग भए पनि बच्चालाई घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको महिलाकी माईती पक्षले दाबी गरेको छ ।
यता, महिलाले बच्चा जन्माएपछि उनलाई उनको श्रीमानको बारेमा सोधेपछि ३ महिनाअघि नै ट्रयाक्टर दुर्घटनामा मृत्यू भएको जवाफ दिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले पैसा नतिरेपछि उनीसँग आधी रकम मात्र लिएर अस्पतालबाट डिस्चार्ज गरेको बताइएको छ ।
यता उक्त बच्चाको मृत्यु भएको खबर इलाका प्रहरी सबैलाले थाहा पाएपछि घटना स्थल पुगेर घटनाको मुचुलका उठाइ शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ।
“अस्पतालमा बच्चा र आमालाई हेरचाह गर्ने कोही नरहेकोले बच्चाको अवस्था खराव भए पछि उक्त महिला संग पैसा पनि नरहेकोले हामीले यहाबाट आधी रकम मात्र लिएर डिस्चार्ज गरिदियौं”– अस्पतालले जनायो ।
अस्पतालमा महिलालाई कसले पुरयाएको सोध्दा अस्पतालले एक महिलाले अस्पताल लिएर आएको तथा केही बेरपछि आफू पैसा लिन जाँदैछु भनेर अहिलेसम्म नआएको अस्पताल श्रोतले जनाएको छ ।
समाजको कु–दृष्टिकोणले महिलालाई बदनामी
वर्तमान यहाँको समाज पुरुष प्रधान समाज रहेको छ । श्रीमतिको मृत्यू भएपछि श्रीमानले अर्को बिहे गर्न पाउने अन्धा–कानुनको मान्यतालाई कैयौँ महिलाहरु यसको शिकार हुँदै गएको छ । पुरुषले श्रीमतिको मृत्यूपछि बिहे गर्न पाउने छुट छ भने श्रीमानको मृत्यू भएपछि श्रीमति (महिला) ले बिहे गर्न पाउने हक यहाँको समाजले दिएको छैन ।
जसको कारण युवति उमेरमै पनि श्रीमान गुमाएकी महिलाले विधवाको जीवन व्यतित गर्न बाध्य हुन्छन् । उनीहरुलाई यही समाजले विहे गर्न नदिएर उनीहरुले विकल्पको खोजी गर्नु स्वभाविक देखिएको छ । यसलाई नाकारात्मक रुपमा लिएपनि कतिपय बुद्धिजीवीहरुले महिलाको श्रीमानको मृत्यूपछि उनले पनि बिहे गर्न पाउने आवाज उठाएको छ ।
अहिले पनि यही समाजमा कैयौँ महिलाहरु पति वियोगमै विधवाको जीवन बिताउन बाध्य छिन् । श्रीमानको मृत्यूपछि स्वच्छा अनुसार बिहे गर्न पाउने अधिकार अझै महिलाहरुले पाउन सकेको देखिदैनन् । यसलाई समाजिक कुरितिको रुपमा लिइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…