पत्रकार फँसाउन खोज्ने रौतहटका एसपी पदमुक्त, छानबिन भयो सुरु
दुई प्रहरीलाई निलम्बन गरिएको थियो। तर अभियुक्तसंग एसपी शाहले गरेको कुराकानीको अडियो सार्वजकि भएपछि उनी शंकाको घेरामा

२०७८ भदौ ८ मंगलबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मोटरसाइकलमा लागूऔषध राखेर पत्रकारलाई फसाउन खोजेको घटनामा रौतहटका प्रहरी प्रमुख ९एसपी० सिद्धिविक्रम शाह मुछिएका छन् ।
पत्रकार मोजि बुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध मोटरसाइकलमा राखिएको घटना एसपी शाहकै योजनामा भएको अडियो रेकर्ड सार्वजनिक भएको हो ।
घटनामा उनको संलग्नताको आरोप लागेपछि छानबिन सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालय श्रोतले जानकारी दिएको छ।
एसपी शाहलाई जिम्मेवारी मुक्त गर्ने समेत तयारी भएको छ ।
एसपी शाहले यो घटना लगतै घटनाका अभियुक्तसँग गरेको कुराकानीको अडिओ सार्वजनिक भएपछि उनी शंकाको घेरामा परेका हुन्। नेपाल पत्रकार महासंघ रौतहट शाखाले एसपी शाहलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरेको छ।
गत साउन ३२ गते मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले गौरमा चेकजाँचका क्रममा लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको दाबी गरेको थियो। तर सीसीटिभी फुजेमा पत्रकारलाई फसाउन खोजेको देखिएपछि दुवै पत्रकारलाई सोमबार छाडिएको छ।
सोमबार मात्रै रौतहट प्रहरीले फसाउन खोजेको घटनामा संलग्न रहेको आरोपमा पत्रकार संजय सहनी लगायत तीनजना अभियुक्तलाई सार्वजनिक गरेको थियो ।
दुई प्रहरीलाई निलम्बन गरिएको थियो। तर अभियुक्तसंग एसपी शाहले गरेको कुराकानीको अडियो सार्वजकि भएपछि उनी शंकाको घेरामा परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…