सिरहा लहानको एक होटलबाट ब्राउनसुगर सहित चार जना पक्राउ
७ जनाको गाडी मोवाईल टोलीले चेकजाँच गर्दा सिम्रिक होटेलको कोठा नम्बर ४०२ मा सिलिङ्ग फेन (छतबाला पँखा) को कभरमा लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने बस्तु (प्लास्टिकले बेरिएको सानो र ठुलो २ पोका) प्लास्टिक सहित ७ ग्राम १३० मिलि ग्राम फेला परेको सहायक प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

२०७८ भदौ ६ आइतबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको लहानस्थित एक होटेलबाट सशस्त्र प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
शनिबार करिब १ बजेको समयमा लहान नगरपालिका वडा नम्बर ८ लहानस्थित रहेको सिम्रीक होटेलबाट लागु औषध ब्राउन सुगर सहित चार जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सिरहाले जनाएको छ ।
बिशेष सुराकीको आधारमा सुरक्षा बेश लहानबाट खटिगएको आईडी नम्बर ११६८ का सहायक प्रहरी नायब उपरीक्षक सुशिल श्रेष्ठको कमाण्डमा गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर २ बस्ने बर्ष २५ को अर्जुन धामी, चरिकोट नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष २९ को सुशान्त गुरुङग, बैतेश्वर गाउँपालिका वडा नमबर १ बस्ने बर्ष ३१ को समिर मगर र सोही ठाउँ बस्ने बर्ष ३६ का सरोज लामा रहेका छन् ।
७ जनाको गाडी मोवाईल टोलीले चेकजाँच गर्दा सिम्रिक होटेलको कोठा नम्बर ४०२ मा सिलिङ्ग फेन (छतबाला पँखा) को कभरमा लुकाई राखेको ब्राउन सुगर जस्तो देखिने बस्तु (प्लास्टिकले बेरिएको सानो र ठुलो २ पोका) प्लास्टिक सहित ७ ग्राम १३० मिलि ग्राम फेला परेको सहायक प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको बा ४ च १२६० नम्बरको मारुती सुजुकी कार विभिन्न कम्पनीको मोवाईल थान ४ थान र १ थान ट्याब समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा बुझाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…