दिलीप महतोलाई शहिद घोषणाको बुँदापछि चुरे अभियानीको अनसन तोडियो
दिलीप महतोको मुद्दालाई नसमेटेको भन्दै युवा अभियन्ता राहुल राज (यादव) ले पनि समाजिक सँजाल मार्फत अनसनकारीहरुलाई दबाब दिएका थिए । अनसनकारीको सल्लाहकारको तर्फबाट एनजिओकर्मी सरोज रायले त्यस अनसनमा दिलीपको मुद्दा समेटिन नसक्ने भन्दै समाजिक सँजालमा टिकाटिप्पणी गरेका थिए ।

२०७८ भदौ ५ शनिबार, बिहान ७:५५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चुरे अभियानीहरुले विगत ९ दिनदेखि थालेको अनसन शुक्रबार तोडिएको छ । जनकपुरधामको जनकचौकमा विगत ९ दिन देखि आमरण अनसनमा बसेका चुरे अभियानीहरुको अनसन शुक्रबार बेलुका तोडिएको छ ।
प्रदेश नं २ सरकारले सातवुंदे सहमती गरेपश्चात अनसनकारीले अनसन तोडेका छन । पर्यावरण अभियानी भन्दै दिलीप महतोलाई शहिद घोषणाको लागि पहल गर्ने बुँदा समेत गरी अनसन तोडिएको हो ।
प्रदेश सरकारको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले शुक्रवार अनसनमा बसेका धनुषाका अमन यादव र पर्साका रानी रायलाई जुस पिलाएर अनसन तोडेका हुन ।
शुक्रवार अनसनकारीको तर्फबाट एनजिओकर्मी सरोज रायले सहमतीपत्रमा हस्ताक्षर गरेका छन । सहमतीमा उल्लेख अनुसार आमरण अनसनको दौरान चुरे तथा वनजंगल संरक्षण अभियानद्धारा सार्वजनिक गरिएको विभिन्न पाच वुंदे माग सम्वन्धमा छानवीन गर्न प्रदेश सरकारले सहमती भएको मितिबाट सात दिन भित्र प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको उपसचिवको संयोजकत्वमा पाच सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको छ ।

गठीत छानवीन समितिले आवश्यक परेमा स्थानिय निकाय,स्थानिय प्रशासन,मालपोत नापी कार्यालय लगायत सम्वन्धित निकाय संग सहयोग लिनेछ ।
त्यसैगरि छानवीन समितीले जिम्मेदवारी पाएको २१ दिन भित्रमा छानवीन प्रतिवेदन सम्वन्धित निकायमा पेश गर्नुपर्नेछ भने छानवीन समितिको प्रतिवेदनको सुझाव वमोजीम आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईने सहमतीमा उल्लेख गरिएको छ ।
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव सहित अभियानीहरुमाथि लगाइएको मुद्दा फिर्ता सम्वन्धमा प्रदेश सरकारल पहल गर्ने भएको छ भने ओम प्रकास महतो (दिलिप महतों) लाई पर्यावरण शहिद घोषणा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने र परिवारको एकजना सदस्यलाई सरकारी रोजगारीका लागि प्रदेश सरकारले व्यवस्था मिलाउने समेत सहमती गरिएको छ ।
चुरे अभियानीहरु गत विहिवार देखि पांचवुंदे माग सहित आमरण अनसनमा वसेका थिए । अनसन तोडे पश्चात अभियानीहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।
दिलीप महतोको मुद्दालाई नसमेटेको भन्दै युवा अभियन्ता राहुल राज (यादव) ले पनि समाजिक सँजाल मार्फत अनसनकारीहरुलाई दबाब दिएका थिए । अनसनकारीको सल्लाहकारको तर्फबाट एनजिओकर्मी सरोज रायले त्यस अनसनमा दिलीपको मुद्दा समेटिन नसक्ने भन्दै समाजिक सँजालमा टिकाटिप्पणी गरेका थिए ।

सो टिकाटिप्पणीपछि अभियन्ता राहुल राज यादवले मिडिया मार्फत , समाजिक सँजाल मार्फत दिलीपको मुद्दालाई समेत अटाउन माग गरेका थिए । सोही बमोजिम सम्झौताको ५ नम्बर बुँदामा दिलीपको मुद्दा अटाउँदै अनसन तोडिएको हो ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…