जनकपुर पुलचोकको सडक बनाउन ठेकेदारलाई ७ दिने अल्टिमेटम
ध्यानाकर्षण पत्र बुझाउने समुहमा स्थानिय श्री श्री १०८ मिथिला बिहारी मन्दिर सञ्चालक समितिका सचिव मनोज पुर्वे, पुलचौक युवा क्लवका अध्यक्ष राधे यादव, उपाध्यक्ष किशन साह, लक्ष्मण मण्डल, राहुल साह, शैलेन्द्र यादव, अवधेश यादव, रञ्जित साह र छोटु पुर्वे सहितको उपस्थिती रहेको थियो ।

२०७८ भदौ ४ शुक्रबार, दिउँसो ४:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको पुलचोकदेखि शहिदपथ जाने बाटोको अवस्था जिर्ण भएको भन्दै स्थानीय युवाहरुले सो सडक बनाउने सरोकारबालालाई ७ दिने अल्टिमेटम दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकदेखि यदुकूहा जाने बाटोमा पुलचोकस्थित नै विगतदेखि सडक नबन्दा आम नागरिकलाई सास्ती भएको छ । जनकपुर जस्तो क्षेत्रमा पनि हिलाम्य भएपनि नागरिकलाई सास्ती भएपछि युवाहरु ध्यानाकर्षण गराएका छन् ।
जनकपुरधामको पुलचौक देखि कोल्डस्टोर सम्मको सडक बिग्रेर आवतजावतमा कठिनाई भएको भन्दै स्थानिय युवाहरुको समुहले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ कार्यालय, उपमहानगरपालिकाको कार्यपालिकाका कार्यालय, सिडिओ कार्यालय, हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै पुलचौकको जिर्ण सडक तुरन्त निर्माण गर्न चेतावनी दिएका छन् ।

टोलीका अगुवा एवम् पुलचौक युवा क्लवका उपाध्यक्ष किशन साहका अनुसार, प्रदेश २ को भौतीक पुर्वाधार मन्त्रालयमा समेत पत्र बुझाउन गएका थिए तर मन्त्री नरहेकाले सोमबारको समय दिइएको छ ।
युवाहरुले सडकका कारण स्थानियवासीको जिवनयापन मात्र नभई आवतजावत गर्ने यात्रु र आगन्तुकलाई समेत जोखिम रहेको तर्फ ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउने समुहमा स्थानिय श्री श्री १०८ मिथिला बिहारी मन्दिर सञ्चालक समितिका सचिव मनोज पुर्वे, पुलचौक युवा क्लवका अध्यक्ष राधे यादव, उपाध्यक्ष किशन साह, लक्ष्मण मण्डल, राहुल साह, शैलेन्द्र यादव, अवधेश यादव, रञ्जित साह र छोटु पुर्वे सहितको उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…