चुरे आक्रमण र दोहनप्रती राज्यले ध्यान दिएन :नेता साह
अनसनमा जनता समाजवादी पार्टी नेपाल का प्रभावशाली नेता तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ का केन्द्रीय अध्यक्ष संजय कुमार साह,जसपा धनुषा जिल्ला सचिव मनोज कुमार साह सहित बिभिन बिशिस्ट ब्याक्तीले समर्थन जनाएका छन् ।

२०७८ साउन २९ शुक्रबार, राति ९:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल का प्रभावशाली नेता तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ का केन्द्रीय अध्यक्ष संजय कुमार साहले चुरे आक्रमण प्रती राज्यले ध्यान नदिएको बताएका छन् ।
सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्ने लगायतका माग राखेर दुई जना चुरे अभियानी जनकपुरमा आमरण अनसन सुरु गरेका छन् ।
चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव बिहीवार दिउँसोबाट जनकपुरधामको जनकचोकमा आमरण अनसन सुरु गरेका हुन् ।
जिल्ला वन कार्यालय लहानले वृक्षारोपनका लागि खरिद गरेको विरुवामा भ्रष्टाचार गरेको विषयमा छानविन गर्नुपर्ने, सोही कार्यालयमा धर्नाका क्रममा दमन गरेको र चुरे अभियानीमाथि लगाएको झुठा मुद्दा फिर्ता गर्नुपर्ने, मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर उनी दुबैजना धर्ना बसेका छन् ।
मंगलवार पत्रकार सम्मेलन गरी उनीहरु बुधवारसम्म माग पुरा नभए आमरण अनसन बस्ने अल्टिमेटम दिएका थिए । तर, प्रदेश सरकारले कुनै चासो देखाएनन् । त्यसपछि बाध्य भएर उनीहरु अनसन बनेका छन् ।
उनीहरुको साथ अभियानका महोत्तरी संयोजक सबिता यादव पनि दिएकी छन् । राष्ट्रिय यूवा संघका केन्द्रीय सदस्य मुन्जय राउत लगायतले अनसनलाई समर्थन गरेका छन् ।

वन कार्यालय लहान, सिरहाले आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ गरेको सम्पूर्ण कार्यमाथि छानबिन हुनुपर्ने माग पनि गरेका छन् । माग पुरा गराउन यसअघि उनीहरु पटक पटक मधेस भवनमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले समेत मारुती सिमेन्टले अतिक्रमण गरेको जग्गा फिर्ता गराउने प्रतिवद्धता गरेपनि अहिले मौन बसेपछि अभियानीहरु सशंकित बनेका छन् । अभियानका केन्द्रीय सह–संयोजक रानी राय र धनुषा संयोजक अमन यादव अनशनमा बसेका छन् ।
अनसनमा जनता समाजवादी पार्टी नेपाल का प्रभावशाली नेता तथा नेपाल केन्द्रीय मत्स्य सहकारी संघ का केन्द्रीय अध्यक्ष संजय कुमार साह,जसपा धनुषा जिल्ला सचिव मनोज कुमार साह सहित बिभिन बिशिस्ट ब्याक्तीले समर्थन जनाएका छन् ।
चुरे आक्रमण प्रती राज्यले ध्यान दिएन । चुरे जङ्गल दिन प्रती दिन लोप हुँदै छ। चुरे अभियन्तामाथी लगाईको मुद्दा प्रती राज्यलाई छिटो भन्दा छिटो ध्यान दिनुपर्नेप्रति जोड दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…