मोटरसाईकल चोरीमा प्रहरीकै सँलग्नता, पार्टपुर्जा खोलेर भारतमा बिक्री
केही मोटरसाइकल फेला परेपछि मोसाधनीलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल बताए ।

२०७८ साउन २३ शनिबार, दिउँसो २:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्ज र आसपासका क्षेत्रमा हुने मोटरसाइकल चोरीका घटनामा क्राइम शाखामा कार्यरत प्रहरी तथा सादा पोशाकमा रहेका प्रहरीको संलग्नता रहेको समाचार प्राप्त भएको छ ।
वीरगञ्जबाट चोरी भएका मोटरसाइकल भारतको सीमावर्ती रक्सौल पुग्ने गर्छ चोरी भएका मोटरसाइकल क्राइम शाखामा कार्यरत प्रहरी तथा सादा पोशाकमा रहेका प्रहरीले नै सीमासम्म पु–याउन सहयोग गर्ने गरेको समाचार वीरगँजबाट प्रकाशित हुने यात्राडेलीको अनलाइनमा समाचार छ ।
एकातर्फ पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समाजमा शान्ति सुव्यवस्था ल्याउन आफूहरू दिनरात खटेको बताएका पनि अर्कोतिर सादा पोशाकका प्रहरीहरूले नै चोरी र तस्करी कार्यमा संलग्न रहेको बताइन्छ ।
रक्सौलको नहर चोकको उत्तरपट्टि रहेका थुप्रै कबाडपसलमा मोटरसाइकलको पार्टपुर्जा खोलेर बिक्री हुने गरेको छ यस्ता कबाडपसल ११ वटा छन् र त्यहाँ चोरिएका मोटरसाइकलहरूको निर्बाधरूपमा व्यापार भइरहेको छ ।
यसबारे भारतीय प्रहरीलाई पनि जानकारी हुन्छ तर आर्थिक प्रलोभनका कारण उनीहरूले केही गर्दैनन् । रक्सौलस्थित कबाडपसलमा नेपालीहरू नै पुगेर आफ्नो सवारीसाधनको लागि चोरी भएका मोटरसाइकलका पार्टपुर्जा किन्ने तथा सोही ठाउँमा फेर्ने गर्छन् ।
अहिले वीरगञ्जलगायत आसपासका क्षेत्रमा अहिले दैनिक दुईवटा मोटरसाइकल चोरी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार गत आवमा २३ वटा पल्सर मोटरसाइकल चोरी भएको थियो ।
केही मोटरसाइकल फेला परेपछि मोसाधनीलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल बताए ।
स्रोतका अनुसार वीरगञ्जमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ । जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…