सङ्क्रमण चार हजार नाघ्यो

२०७८ श्रावण २० बुधबार
बेलुकी ५:२० बजे
न्यूज ब्यूरो, डेस्क

२० साउन । कोरोना भाइरसको सङ्क्रमण आज चार हजार १०७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको पुष्टि गर्नुभयो । 

    उहाँका अनुसार परीक्षण गरिएकामध्ये २६।२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ । 

    यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ । यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'अपन नेपाल' - कविता

  • २०७८ श्रावण २० बुधबार
  • राज कुमार साफी

नेपाल नेपाल नेपाल, अपन सुन्दर देश नेपाल ,अपन सुन्दर देश नेपाल छै  । भारत चिनक बिचमे , अपन सुन्दर देश नेपाल छै-२। देख मनोरम प्राकृतिके तराइ पहाड हिमाल छै। पुर्वज के ईतिहास मे शासन

पूरा पढ्नुहोस्

Bureau Menus

} }