तस्विरको सत्यता के छ ?

Fact Check: फेसबुकमा भाइरल यो तस्विरको सत्यता के ?

उनका अनुसार, भेटाएपछि उनलाई ल्याउने क्रममा लिएको तस्विर हो । 

२०७८ श्रावण २० बुधबार
बिहान ०८:०४ बजे

न्यूज ब्यूरो, २० साउन । समाजिक सँजालमा मँगलबारदेखि नै भाइरल भएको यो तस्विरमा नेपाल प्रहरीको एक जवानले पछाडी दुई युवतिलाई राखेर गुडाएको देखिएको छ । 

समाजिक सँजालमा भाइरल भएको यो तस्विरमा नानाथरिका टिकाटिप्पणीहरु भइरहेको बेला यो तस्विरको बारेमा हामी जाँचबुझ गर्यौ । यो तस्विर राजविराजको हनुमाननगरस्थित लिएको तस्विर हो । 

सिरहाका एक युवकले लिएको यो तस्विरमा हेर्दा एक युवकले दुई युवतिलाई सरकारी नम्बर प्लेटको गाडी त्यसमाथि पनि नेपाल प्रहरीको गाडिमा तीन जना सवार गरी चलाएको देखिन्छ । 

खासमा, तीनजनाभन्दा पनि समाजिक सँजाल हेर्दा एउटा पोलिसको गाडीमा दुई “युवति” बसेको भन्दै नाकारात्मक टिकाटिप्पणीहरु गरिएको छ । तस्विर खिच्ने युवकका अनुसार, अगाडी बसेका प्रहरीका कर्मचारीले ती दुई युवतिसँग हँसी ठट्टा गर्दै गाडी चलाउँदै थियो ।

त्यसमाथि पनि अन्य सर्वसाधारणको हकमा लागु हुने ट्राफिक नियम नेपाल प्रहरीको गाडीमा लागु हुने की नाई ? भनेर प्रश्न पनि तेर्साएको छ । एक मोटरसाईकलमा तीन जना बस्न नहुने कानुन हुँदाहुँदै पनि नेपाल प्रहरीले नै तीन जना बसेर सवारी चलाउँदा नियम कानुन मात्र सर्वसाधारणको लागि भएको भन्दै आलोचना समेत भएको छ । 

ईलाका प्रहरी कार्यालय कँचनपुर सप्तरीको यो सेतो प्लेटको नेपाल पुलिसको सवारी र त्यसमा दुई युवतिसहित नेपाल प्रहरीको जवान सवार तस्विरको बारेमा हामीले बुझ्ने प्रयास गर्यौ । 

सो क्रममा इलाका प्रहरी कार्यालय कँचनपुर सप्तरीका डिएसपी लोकनाथ तिमिल्सीनाले तस्विरमा देखिएको दृश्य आफूलाई पनि प्राप्त भएको भन्दै वास्तविकता बेग्लै रहेको दाबी गरेका छन् । 

डिएसपी तिमिल्सीनाका अनुसार, केहीदिन देखि सप्तरीको हनुमाननगर बस्ने एक महिला (किशोरी) केही दिनदेखि हराइरहेको अवस्थामा परिवारजनले खोजतलासको लागि इलाका प्रहरी कार्यालय कँचनपुरमा निवेदन दिएको थियो । 

सोही खोजतलासको क्रममा विराटनर, जनकपुर, धरान, काठमान्डौँ लगायत अन्य विभिन्न शहरहरुमा खोजतलास गर्ने क्रममा काठमान्डौंमा भेटाएको दाबी डिएसपीको छ । उनका अनुसार, भेटाएपछि उनलाई ल्याउने क्रममा लिएको तस्विर हो । 

काठमान्डौंँबाट गाडीमा ल्याउँदा राजविरास्थितबाट नेपाल प्रहरीको मोटरसाईकलमा ल्याएको दाबी गरिएको छ । महिलाको मानसिक स्थिति आत्तिएको अवस्थामा भएकोले उनको एक जना आफन्तलाई लिएर उनलाई ईलाका प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्विर खिचिएको बताइएको छ । 

एक्लै गाडीमा हुँदा भाग्न सक्ने वा प्रयास गर्ने हुन सक्ने अनुमान गर्दै उनको एक आफन्तलाईसँगै ल्याएको दाबी गरिएको छ । यद्यपी, डिएसपीले महिलाको नाम भने गोप्य राखिएको बताउँदै उनलाई अहिले सेफ हाउमा राखिएको जानकारी दिए । 

महिलालाई विगत तीनदेखि सुराकी लगाएर फेला पार्न सफल भएको बताउँदै डिएसपीले गाडीमा तीन जना देखिएपछि टिकाटिप्पणी स्वभाविक भएको बताए । 

  • 73%
  • 0%
  • 0%
  • 9%
  • 0%
  • 9%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७८ श्रावण २० बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus