रौतहटको यी विद्यालयमा दुईपक्षबीच झडप, दुई दर्जन घाईते (भिडियो सहित)
अन्तिम दिन आएर सयौं बिधार्थीहरू लाई जबर्जस्ती भर्ना गर्न वडाध्यक्षका छोराले भनेका थिए ।

२०७८ साउन १८ सोमबार, बिहान ९:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, १८ साउन । प्रदेश नम्बर २को रौतहट जिल्लास्थित एक विद्यालयमा दुई पक्षबीच झडप हुँदा दुई दर्जन जना घाईते भएका छन् ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा दुई पक्ष बिच झडप हुँदा आइतबार दुई दर्जन व्यक्ति घाईते भएका छन् ।
नगरको श्री माध्यमिक विद्यालय बिसुनपुर्वाका पुर्व अध्यक्ष देवनारायण भगत माली र प्रधानाध्यापक राजेश यादबको समूह र स्थानीय माओवादी नेता एव वडा न –४ का अध्यक्ष रामदेनि मुखियाको समूह बिच झडप स्थानीयले बताएका छन् ।
दुबै समूह बिच विद्यालयमा विद्यालय भर्नाको विषयमा झडप भएको स्थानीयहरुको भनाइ छ।
घाईते मध्ये एक पक्षको पारस भण्डारी ,नरेश पासवान,तपेशर भगत,लक्षमण भगतको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष पक्षका घाईतेहरूको उपचार अनामिका हस्पिटल गरूडामा भईरहेको प्रहरीले जनाएको छ । वडा अध्यक्ष पक्षको घाइतेको नाम खुल्न सकेको छैन।
विद्यालय अध्यक्ष देवनारायण भगतको गत महिना बैशाखमा निधन भएको थियो। अब हुने अध्यक्षको निर्वाचनमा अध्यक्षमा जित्ने मनासायले विद्यालयमा राजनिति चलखेल हुन थालेको एक शिक्षकले नाम नबताउने शर्तमा बताएका छन् ।
वडाध्यक्ष रामदेनी मुखियाका छोरा रामतलेवर मुखिया सहितले अब आफ्नो पक्षबाट अध्यक्ष हुने सोच बनाएका छन् भने अर्का जसपा पक्ष मानीने मृतक अध्यक्ष मालिका नाति पारस भन्डारी सहित प्रधानाध्यापकको टोलिले आफू अनुकुल कै मान्छे अध्यक्ष हुनुपर्ने सोच बनाए पछि बिधालयमा पटक पट्क झै–झगडा हुने गरेको खुलेको छ।
हेर्नुहोस झडको भिडियो
आइतबार वडा अध्यक्ष मुखियाको छोरा राम तलेवर मुखिया बल जबर्जस्ती विद्यार्थी भर्ना गर्न दबाब दिएपछि दुई पक्ष बिच भनाभन भई उग्ररूप लिएपछि झडप भएको हो ।
विद्यार्थी भर्नाका लागि गत अषाढ महिनामा आहवान गरिएको थियो । अन्तिम दिन आएर सयौं बिधार्थीहरू लाई जबर्जस्ती भर्ना गर्न वडाध्यक्षका छोराले भनेका थिए ।
सो विद्यालयका प्रधानाध्यापक राजेश यादवले फर्जी कागजले केही हुन्न, बिधार्थी र अभिभावक समेतलाई बोलाएमा भर्ना गरिदिने बताएका थिए । तर त्यस्तो नगरेर जबर्जस्ती विद्यार्थी भर्ना गर्न दबाब दिदै प्र.अ. यादव माथि हातपात गर्न थालेपछि झडप भएको हो ।
यस विषयमा वडाध्यक्ष मुखिया सँग सोध्दा सम्पर्क हुन सकेको छैन् । घटनाको बारे अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरले जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…