प्रदेश नं १ मा एक हजार १४४ सङ्क्रमित
सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

२०७८ साउन १५ शुक्रबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, १५ साउन । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
यस अवधिमा एक हजार १०४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । आज थपिएका सङ्क्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६/१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुईरदुई, ताप्लेजुङ र तेह्रथुममा एकरएक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ ।
सो अवधिमा प्रदेशमा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको मन्त्रालयलले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…