उपेन्द्र यादव सरकारमा नजाने
गठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह

२०७८ साउन १३ बुधबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १३ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा नजाने बताएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा चाँडै सहभागि हुने एक जिज्ञासामा उनले भने, तर म सरकारमा जादिन् । ‘पार्टी सरकारमा सहभागि हुने कार्यकारिणी समितिले नै निर्णय गरिसकेको छ’ उनले भने, गठबन्धन सरकारमा पार्टीबाट अन्य साथीहरु मन्त्री हुनेछन् ।
एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अध्यक्ष यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।मधेशको मुद्दामा प्रधानमन्त्री ओलीसित विवाद भएपछि उनी सरकार छाडेका थिए ।
‘अब संगठन निर्माणका लागि सम्पूर्ण समय लगाउने छु’ उनले भने, पार्टीमा अनावश्यक विवाद गरेर संगठनको कामलाई अबरोध गरिएको थियो ।
संगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव अथवा रेणु यादवले नेतृत् वगर्ने छन् । तर यस सम्बन्धमा टुंगो भने लागिसकेको छैन् ।
आजको जनकपुरटुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…