अपडेटः बलात्कार आरोपमा पूर्वपक्षको लागि व्यापार सँघका उपाध्यक्ष 'कोक्बा' जेल चलान
साह आफैंले सँचालन गर्दै आएको सो राईस मिलबाट पक्राउ परेका थिए ।

२०७८ साउन १२ मंगलबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । प्रदेश नम्बर २ को सिरहा जिल्ला गोलबजारस्थितका व्यापारी महेश साह उर्फ कोक्बालाई पूर्व पक्षको लागि जेल चलान गरिएको छ ।
सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष ५० का महेश साह (सुडी) उर्फ कोक्बालाई सिरहा जिल्ला अदालतले पूर्वपक्षको लागि कारागार चलान गरेको हो ।
आफ्नै मिलमा काम गर्ने एक महिला कामदारसँग जबरदस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको कोक्बालाई सिरहा जिल्ला अदालतले थुनछेक बहस अन्तर्गत उनलाई पूर्वपक्षको लागि कारागार चलान गरिएको हो ।
गत असार १० गते सिरहाको धनगढीमाई नगरपालिकास्थित रहेको कौशल एग्रो राईस मिलबाट साह पक्राउ परेका थिए । साह आफैंले सँचालन गर्दै आएको सो राईस मिलबाट पक्राउ परेका थिए ।
सोही राईस मिलमा काम गर्ने महिला कामदारलाई बलात्कार गरेको आरोप लगाइएको हो । अदालतले उनलाई रिहा गर्ने कुने पुख्ता प्रमाण पेश नभएपछि उनलाई पूर्वपक्षको लागि करागार चलान गरिएको सिरहा जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
गोलबजारस्थित सँचालनमा रहेको जय माँ धामीनी राइस मिलका मालिक रहेका साहलाई गत साउन ७ गते जिल्ला अदालत सिरहाका २ नम्बर इजालसका न्यायधिस कृगण प्रसाद सुवेदीको एकल इजलासले उनलाई थुनछेक गरि कारागार पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…