तीनटा प्रदेशको प्रदेश प्रमुख हटाईए, दुईमा नियुक्त एक प्रदेश खाली
सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेको छ ।

२०७८ साउन १२ मंगलबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । सरकारले तीनवटा प्रदेशका प्रमुखलाई हटाउने निर्णय गरेको छ ।
मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनीबाट धर्मनाथ यादव, प्रदेश २ बाट राजेश झा ुअहिराजु र गण्डकीबाट सीता पौडेललाई हटाउने निर्णय गरेको हो ।
यता, सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
प्रदेश २ को प्रदेश प्रमुखको लागि अहिले निर्णय भइनसकेको जनाइएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखको लागि चन्दन कौसिकको नाम चर्चामा रहेको छ । यद्यपी, यसबारे अधिकारिक निर्णय अहिले भएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…