'एक दुई तीन, राजपा सरकारमा जाँदैन' : महेन्द्र राय यादव
न्यूज ब्यूरो || जनकपुरधाम, २८ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा) अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफ्नो पार्टी सरकारमा नजाने दाबी गरेका छन् । राजपा तत्काल सरकारमा नजाने तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका थिए । आईतबार संसदमा सम्वोधन गर्दै राजपा अध्यक्ष मण्ड

२०७४ फागुन २८ सोमबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २८ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा) अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले आफ्नो पार्टी सरकारमा नजाने दाबी गरेका छन् ।
राजपा तत्काल सरकारमा नजाने तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका थिए ।
आईतबार संसदमा सम्वोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य यादवले राजपाको पहिलो प्राथमिकता सरकार यथास्थितिमा सरकारमा भने नजाने पनि स्पष्ट पारे ।
सांसद यादवले संविधान संशोधन गर्ने आफूहरुको माग सम्बोधन गरे सरकारमा सहभागी हुन सक्ने पार्टीको धारणा पनि राखको भनेर जनकपुरबाट प्रकाशित हुने न्यूजपेपर दैनिक पत्रिकामा समाचार छ ।
उनले सर्वदलीय बैठक बोलाएर मुलुकलाई अघि बढाउने साझा एजेन्डा तय गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
सांसद यादवले बाम गठबन्धनले प्रदेश २ मा राजपा सरकारमा जादैन : नेता यादव सरकारसँग सहकार्य गरेकाले आफूहरुले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको पनि स्पष्ट पारे ।
उनीसिंगै देशलाई एक ढिक्का बनाएर लैजान पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे । उनले राजपाले उठाएका माग सम्वोधन गरेपछि मात्रै सरकारमा जाने नजाने निर्णय आउने प्रतिक्रियासमेत दिएका छन् ।
सरकारलाई समर्थन गर्ने विषयमा प्रधानमन्त्रीले संविधान संशोधन विषयमा सार्वजनिक प्रतवद्धता जनाउनुपर्ने बताए ।
’प्रधानमन्त्री ज्यू, हामी तपाइहरुसँगै छौँ, सँगै लैजाने वा नलैजाने तपाइको हातमा छ’ यादवले भने । उनले प्रतिनिधिसभामा निर्वाचत रेशम चौधरीलाई संसदमा ल्याउने वातवरण नबनाएको कारण पनि सरकारको पक्षमा खुल्न नसकेको प्रतिक्रया दिएको समाचारमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…