यादव फेरी यादवसँगै गए, ठाकुरलाई धक्का
जसपाको कुन समूह आधिकारिक भन्ने टुंगो निर्वाचन आयोगले ११ साउनमा लगाउने तय गरेको छ ।

२०७८ साउन १० आइतबार, बिहान ९:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले गुट परिवर्तन गरेका छन् । महन्थ ठाकुर समूहमा रहेका यादव उपेन्द्र यादव समूहमा लागेका हुन् ।
महन्थ ठाकुर पक्षबाट उनी दुई हप्ताका लागि केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री समेत बनाइएका थिए । तर, ओली सरकार ढलेपछि यादव गुट परिवर्तनको निर्णयमा पुगेका हुन् ।
पूर्वमन्त्री यादवले पार्टी एकताका लागि ठाकुर पक्षमा लाग्न नसकेको बताए । नेपाली रेडियो नेटवर्कमा ऋषि धमलाको प्रश्नमा उनले भने, ‘म महन्थ ठाकुरजीलाई सम्मान गर्दछु । तर, निर्वाचन आयोगको निर्णय र पार्टीको बहुमतको निर्णय मान्न वाध्य छु ।’ यादवले पटक पटक पार्टी एकतामा जोड दिए ।
जसपाको कुन समूह आधिकारिक भन्ने टुंगो निर्वाचन आयोगले ११ साउनमा लगाउने तय गरेको छ । त्यस अगाडि नै ठाकुर समूहबाट कार्यकारिणी समितिका कतिपय सदस्य गुट परिवर्तनको निर्णयमा पुगिसकेका छन् ।
आफूनिकटस्थहरुले धमाधम गुट परिवर्तन गर्न थालेपछि अध्यक्ष महन्थ ठाकुर अप्ठ्यारोमा परेका छन् । उनले अब कस्तो कदम चाल्ने हुन् चासोको विषय बनेको छ । रिपोर्टर्सनेपालकोसहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…