दुई दलबीच तनाव, प्रहरीले हाने हवाई फायर
झैझगडाबाहेक मतदान शान्तिपूर्ण

२०७४ मंसिर २१ बिहीबार, राति १०:१६ बजे१ मिनेट पढाइ

वालिङ, स्याङ्जा, २१ मंसिर : गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा आज अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज भएको मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिनुभयो ।
जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…