परिवारिक अवस्था दयनीय भएपछि साफीलाई मधेश युवा सँघको राहत
शनिबार सँघका अध्यक्ष गणेश साहको अगुवाईमा साफी परिवारलाई खाद्यान्न सहित आर्थिक सहयोग समेत गरिएको हो । उनलाई १३ हजार हजार ५ सय ५० रुपैयाँ नगद सहित खाद्यान्न सहयोग गरेको हो ।

२०७८ साउन ९ शनिबार, राति ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा एक विपन्न परिवारलाई मधेश युवा सँघ नामक समाजिक सँस्थाले राहत प्रदान गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ हथरा टोल बस्ने गँगा साफीको परिवारिक आर्थिक अवस्था दयनीय भएपनि स्थानीयहरुको आग्रहमा मधेश युवा सँघले उनलाई नगद सहित राहत दिएको हो ।
शनिबार सँघका अध्यक्ष गणेश साहको अगुवाईमा साफी परिवारलाई खाद्यान्न सहित आर्थिक सहयोग समेत गरिएको हो । उनलाई १३ हजार हजार ५ सय ५० रुपैयाँ नगद सहित खाद्यान्न सहयोग गरेको हो ।
मधेश युवा सँघका शम्भु चौधरी, माँ लक्ष्मी युवा क्लबका अध्यक्ष रामभरोस यादव सहित सोनिल यादव लगायतका युवा अगुवाहरुको रोहबरमा १०० किलो चामल, १० किलो आलु, ५ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन, १ दर्जन साबुन, १ कार्टुन बिस्कुट सहयोग गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…